भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचत र मितव्ययिताको अभियानअन्तर्गत आफ्नो आधिकारिक कारगेडको सवारी साधनको संख्या लगभग ५० प्रतिशत घटाउने निर्णय गरेका छन्। यो कदम उनको हैदराबादमा इन्धन खपत घटाउन आह्वान गरेको भाषणपछि तुरुन्तै लागू भएको हो।
अघिल्लो व्यवस्थाअनुसार प्रधानमन्त्रीको कारगेडमा विशेष सुरक्षा प्रोटोकल (SPG) अनुसार धेरै सवारी साधन हुने गरेका थिए। हालैका गुजरात र असम भ्रमणमा कारगेडको आकार लगभग आधा घटाइएको छ। यो कटौती गर्दा पनि SPG को अनिवार्य सुरक्षा प्रोटोकल पूर्ण रूपमा कायम राखिएको बताईएको छ।
मोदीले कारगेडमा सवारी संख्या ५० प्रतिशत कटौती गरेका छन्। त्यस्तै उनले कारगेडमा सम्भव भएसम्म इलेक्ट्रिक गाडीको प्रयोग बढाउन निर्देशन दिएका छन्। नयाँ गाडी किन्ने नभई, विद्यमान स्टक बाटै EV प्रयोग गर्ने योजना मोदीको छ।
यो निर्णय वैश्विक ऊर्जा संकट (इरान युद्धको प्रभावले तेलको मूल्य बढेको) को बेला आएको हो। प्रधानमन्त्रीले नागरिकहरूलाई इन्धन बचत गर्न, स्थानीय वस्तु प्रयोग गर्न र अनावश्यक यात्रा घटाउन आग्रह गरेका थिए। उनले आफुबाट नै त्यसको कार्यान्वयन थालेका हुन् ।
मोदीसंगै गृहमन्त्री अमित शाह र केही बिजेपी शासित राज्यका मुख्यमन्त्रीहरू (जस्तै योगी आदित्यनाथ, मोहन यादव) ले पनि आफ्नो कारगेडको सवारी संख्या घटाएका छन्। मध्य प्रदेशमा मुख्यमन्त्रीको कारगेड १३ बाट ८ मा झारिएको छ।
यस अघि : मोदीले मागे नागरिकको सहयोग: सुन नकिन्न, विदेश भ्रमण नगर्न र खाने तेलको प्रयोग घटाउन आग्रह












