Thursday, August 27, 2026
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकालाई एभरेष्ट कलरको आईपीओ बाँडफाँड

spot_img

एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म  ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा कुल ९० हजार ८ सय ५५ जनाको आवेदन परेको थियो । जस मध्ये ९० हजार ८ सय २० जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ७ हजार ९ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकी आवेदक हात खाली भएका छन् ।

 नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ।

२०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले नेपाली बजारमा रङ्ग  उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ ।कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आईरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बाढी प्रभावितको लागि अपि पावरद्वारा तत्काल ३५ लाख सहयोग

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण...

भयानक बाढीपछि ग्यास, इन्धन र नुनको अभाव हुन नदिन कस्तो छ तयारी ?

बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको भयानक बाढीले राजमार्ग...

३० लाखमै आयो नयाँ नामी बक्स

नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएमडब्लू वृद्धि मोटोकर्पले ‘नामी...

उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न सदस्यहरुलाई महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले भदौ १० गते तिब्बत क्षेत्रबाट...

ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको लागि ५ करोड रुपैयाँ सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक...

वायुसेवा सञ्चालक संघले भन्यो, ‘एयरलाइन्सले बढी भाडा लिएका छैनन्’

वायुसेवा संचालक संघले एयरलाइन्स कम्पनीहरुले तोकिएको भन्दा बढी हवाई...