सूर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्य नियुक्त भएका छन् । कम्पनीको वैशाख २७ गते बसेको संचालक समितिको बैठकले जेठ १ गतेदेखि लागु हुने गरि आचार्यलाई सीइओ नियुक्त गरेको हो ।
उनको कार्यकाल ४ वर्षको रहने छ। यस अघि उनी कम्पनीकै कामु सीइओ थिए ।
उनी कम्पनी मै डेपुटी सीइओ, साविक वोमी माइक्रोफाइनान्सको सीइओ, साविकको अल्पाइन डेभलपमेन्ट बैंकमा कर्पोरेट म्यानेजर, साविकको युनाइटेड फाइनान्समा एसिस्टेन्ट म्यानेजर रहिसकेका छन् । उनीसँग वित्तीय क्षेत्रमा दुई दशक बढीको अनुभव रहेको छ।












