Tuesday, May 12, 2026
spot_img

६२२ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा, ईपीएस १०.४३ रुपैयाँ

spot_img
spot_img

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ६२१.९७ प्रतिशतले बढेर ७ करोड १० लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ९८ लाख ४५ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५१.०५ प्रतिशतले बढेर १३ करोड ८१ लाख पुगेको छ ।  यस अवधिमा कम्पनीको ब्याज खर्च ५४.११ प्रतिशतले घटेर १ करोड ७६ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, तथा ब्याज खर्च घटेको लगायतका कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी १०.४३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०९.६४ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी ९० करोड ९१ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ८ करोड ७५ लाख रहेको छ ।

कम्पनीले गोरखामा ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन १७ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ।...

१९ खर्बको बजेट ल्याउने अर्थमन्त्रीको तयारी, राजस्वबाटै १३ खर्ब संकलन गर्ने लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय...

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पुनः पेश हुने...

सांसद राणाले भनिन्, ‘अवैध आयात र दर्ता बिना चलेका उद्योगमाथि निगरानी आवश्यक’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले मुलुकको अर्थतन्त्रलाई बलियो...

तोलामा ४४ सयले बढ्यो सुनको भाउ, चाँदीको भाउमा पनि उच्च वृद्धि

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...
spot_img