Thursday, July 2, 2026
spot_img

महासंघको कोषाध्यक्षमा पौडेल र प्रधान आकांक्षी, सहमति गराउने प्रयासमा अध्यक्ष श्रेष्ठ

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा दुइ जनाको दाबेदारी देखिएको छ । एकै समूहमा रहेका दुइ जनाले कोषाध्यक्ष पदमा आकांक्षा देखाएका हुन् ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष कार्यकारिणी समितिले चयन गर्ने प्रावधान छ । यस अनुसार यी दुइ पदमा निर्वाचन हुनै बाँकी छ । हालसम्म कोषाध्यक्ष पदका लागि कार्यकारिणी समिति सदस्यमा निर्वाचित अम्बिका प्रसाद पौडेल र पूर्व केन्द्रीय सदस्य मनिषलाल प्रधानको नाम चर्चामा छ ।

अम्बिकाको पक्षमा एसोसियट एक ढिक्का

अम्बिका पौडेल गत निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यसपाली पनि उनी तेस्रो सर्वाधिक मत पाएर निर्वाचित भएका छन् ।

उनलाई कोषाध्यक्ष बनाउनुपर्ने माग एसोसियट सदस्यहरुको छ । एसोसियटतर्फ उपाध्यक्ष प्रबलजंग पाण्डेको समूहबाट एक जना बाहेक सबै केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सचिन ढकाल दुबै समूहका साझा उम्मेदवार थिए । यस आधारमा पनि अम्बिका पौडेलको पक्षमा एसोसियट समूह एकढिक्का रहेको केन्द्रीय सदस्यहरु बताउँछन् ।

‘अम्बिका पौडेललाई कोषाध्यक्ष बनाउने भनेर चुनाव अघि नै कुरा भएको हो, अब उहाँ निर्वाचित भएर आइसकेपछि नबनाउने कुरा हुनु हुँदैन’ एक जना केन्द्रीय कार्यकारिणी समिति सदस्य भन्छन्, ‘उहाँको नाममा विवाद पनि नहोला । सबै साथीहरुको चाहना पनि उहाँ कोषाध्यक्ष बन्नुपर्छ भन्ने नै छ ।’

मनिषलाई मनोनित गरेर ल्याउनुपर्ने

कोषाध्यक्ष पदका लागि चर्चा गरिएका अर्का पात्र मनिषलाल प्रधान भने अहिले महासंघको केन्द्रीय कार्यकारिणी समितिमा छैनन् । उनलाई कोषाध्यक्ष बनाउनका लागि पहिला केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ । महासंघको विधान अनुसार अध्यक्षले दुइ जना महिला (अनिवार्य)सहित ७ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनित गर्न पाउँछन् ।

यसअघि दुइ पटक केन्द्रीय सदस्य भइसकेका प्रधान गत निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकालसँग पराजित भएका थिए । यसपटक उनी कुनैपनि पदमा उम्मेदवार बनेका थिएनन् । ‘सुरुमा उहाँ जिल्ला नगरबाटै केन्द्रीय बन्नुभएको थियो, पछि वस्तुगत समूहबाट बन्नुभयो । गत निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षमा पराजित हुनुभयो’ एक जना उनी पक्षीय केन्द्रीय सदस्य भन्छन्, ‘यसपाली कोषाध्यक्ष बनाइयो भने उहाँ जत्तिको मान्छेलाई भविष्यमा माथि जान सजिलो हुन्छ । अब उपाध्यक्ष लडिसकेको मान्छेलाई पदाधिकारीभन्दा तल राख्ने कुरा पनि सुहाउँदैन ।’

सहमतिको प्रयास

अहिले कोषाध्यक्षका लागि चर्चामा आएका दुबै नाम अध्यक्ष अन्जन श्रेष्ठ पक्षधर हुन् । अर्को समूहबाट कोषाध्यक्षमा कोही पनि चुनाव लड्न तयार देखिएका छैनन् । यस्तो अवस्थामा आफ्नै समूहबाट दुइ जनाको नाम चर्चामा आएपछि अध्यक्ष श्रेष्ठले मिलाउने प्रयास थालेका छन् ।

‘उहाँहरु दुबै जना एउटै समूहमा हुनुहुन्छ’ एक जना पूर्व पदाधिकारी भन्छन्, ‘अहिले अध्यक्ष आफैँ पनि उहाँहरुबीच सहमति कायम गराउन लाग्नु भएको छ । सायद कोषाध्यक्षमा चुनाव हुँदैन होला । सहमतिमै चयन हुने सम्भावना बढी छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...

सेबोनलाई ब्रोकर्सको १३ बुँदे सुझाव: कोल्याट्रल रकम अनिवार्य नगर्नेदेखि स्वतः EDIS गराउनेसम्म

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

९.९५ मेगावाटको इसुवा अर्धजलाशययुक्त क्यासकेड २ आयोजना निर्माण गर्दै विष्ट इनर्जी

विष्ट इनर्जी हाउस प्रालिले ९.९५ मेगावाट क्षमताको इसुवा अर्धजलाशययुक्त...

तोलामै ६२ सयले बढ्यो सुनको भाउ

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img