Wednesday, May 6, 2026
spot_img
spot_img

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

spot_img
spot_img

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा होस्, त्यसको उत्तराधिकारी सन्तान नै हुन्छन् । कहिलेकहीँ यस्तो विरासतको लहरो मावलीसम्म पुग्दो रहेछ । कुनैबेला आजाद श्रेष्ठलाई एकदिन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्ने पात्रका रुपमा हेरिन्थ्यो । तर, उनलाई ‘ब्रेक’ गराइयो । मामालाई रोकिएपनि उनको पदचाप पछ्याउँदै भान्जा अन्जन श्रेष्ठ आज महासंघको नेतृत्वमा पुगेका छन् । आनन्दराज मुल्मी पश्चात महासंघको अध्यक्ष बन्ने उनी दोस्रो पोखरेली बनेका छन् ।

यी कुराहरु अब महासंघभित्र अर्का एक युवामा पनि लागू हुने छनक देखिएको छ । ति पात्र हुन् सचिन ढकाल । उनी मंगलबार भएको निर्वाचनमार्फत सानदार विजय हासिल गर्दै महासंघको केन्द्रीय सदस्य बनेका छन् । एसोसियटतर्फ सर्वाधिक १३ सय १८ मत प्राप्त गर्दै ढकाल महासंघको आन्तरिक राजनीतिमा उदाएका छन् ।

बुधबारबाट महासंघको निवर्तमान अध्यक्ष बनेका चन्द्र ढकालका छोरा सचिनलाई अब आफ्ना पीताको पदचाप पछ्याउँदै आईएमइ समूहको मात्रै होइन, निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा समेत आफ्ना बुबाको उत्तराधिकारी बन्ने अवसर आएको छ ।

एउटा कुरा स्मरण गरौँ, बाग्लुङको अमलाचौरस्थित निम्न वर्गको परिवारमा जन्मिएका चन्द्र ढकालले एकदिन उद्योग वाणिज्य महासंघको नेतृत्व गर्छु भन्ने सायदै सोचेका थिए होलान् । तर, समयलाई उनले यसरी काबुमा राखे की, तीव्र प्रतिस्पर्धा हुने एसोसियट तर्फको उपाध्यक्षमा उनी निर्विरोध निर्वाचित भइदिए । २०७३ सालमा ढकाल निर्विरोध एसोसियट उपाध्यक्ष चुनिएका थिए । त्यसपछि वरिष्ठ उपाध्यक्ष हुँदै, अध्यक्षसम्म भएर कार्यकाल सफलतापूर्वक सम्पन्न गरे ।

अब महासंघमा ‘म्यान अफ दि इलेक्शन’को ताज पहिरिँदै प्रवेश गरेका सचिनलाई पनि यसैगरी बुबाको लय समात्ने अवसर आएको छ । महासंघमा उनको प्रवेश पनि साझा उम्मेदवारका रुपमा भएको छ । यो उनको सम्पत्ति पनि हो ।

उनी आफैँमा जोशीलो युवा मात्रै नभई वजनदार तर्ककला भएका युवा पनि हुन् । माता र पीताको पौरख सन्तानका लागि प्रेरणा नहुने कुरा भएन, तर सचिनका हकमा यो मात्रै सबैथोक होइन । उनले उच्च शिक्षा हासिल गरेका छन्, खेलकुद क्षेत्रमा नयाँ आयाम थप्न आफैँले चितवन फुटबल क्लब चलाइरहेका छन् । जबकी, पछिल्लो समय फुटबलमा उतिसाह्रो क्रेज पनि छैन र व्यवसायिक दृष्टिकोणले पनि त्यति फलदायी नहोला । तर, उनले नेपाली फुटबलले सुनौलो भविष्य कोर्ने आशा जगाइराखेका छन् ।

पर्यटन तथा हस्पिटालिटीतर्फ इला कम्फर्ट होटलको नेतृत्व पनि गरिरहेका छन् । यसरी कलिलो उमेरमै व्यवसायिक नेतृत्वमा एक हदसम्मको सफलता हात पारिसकेका सचिन अब महासंघमार्फत संस्थागत नेतृत्व क्षमता देखाउँदै आफूलाई काबिल प्रमाणित गर्ने ठाउँमा आइपुगेका छन् ।

यस्ता छन् उनका एजेन्डा

उम्मेदवारी घोषणा गर्दा नै सचिनले नेपालको निजी क्षेत्र तीव्र रूपान्तरणको चरणमा रहेको वर्तमान परिप्रेक्ष्यमा कर्पोरेट नेतृत्वले पनि नयाँ र आधुनिक दृष्टिकोण अपनाउनु अपरिहार्य रहेको बताएका थिए । गौरवशाली व्यावसायिक विरासत र भविष्यका गतिशील उद्योगहरू बीचको सुदृढ पुल बन्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ ।

खेलकुदलाई उच्च प्रतिफल दिने व्यावसायिक उद्योगको रूपमा स्थापित गर्न, आधुनिक पर्यटन पूर्वाधारको विस्तार गर्न र नवप्रवर्तनशील उद्यमहरूका लागि विद्यमान प्रशासनिक झन्झट अन्त्य गर्न आफूले निरन्तर पहल र पैरवी गर्ने उनको प्रतिवद्धता छ ।

समग्र अर्थतन्त्रको आधुनिकीकरण र निजी क्षेत्रको सबलीकरणको एजेन्डा प्रस्तुत गरेका उनले आफ्नो उम्मेदवारीलाई ‘नयाँ अध्याय’का रुपमा चित्रण गरेका थिए । सचिन निर्वाचित भए पश्चात उनका समर्थक र प्रशसंकहरुले पनि ‘नयाँ अध्यायको सुरुवात’ भन्दै युवा पुस्ताको प्रवेशले महासंघलाई अझ उचाईमा पुर्‍याउने बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...

हितेन्द्र पदमुक्त भएपछि दीर्घायु बने विद्युत प्राधिकरणको निमित्त प्रमुख

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार...

कानून विपरित पूर्व भीआईपीहरुले लिएका गाडी खोस्ने सरकारको तयारी

सरकारले कानून विपरित पूर्व भीआईपीहरुले लिएको गाडी सुविधा खोस्ने...
spot_img