spot_img

विवाद बढेपछि बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनका प्रावधान फेर्ने तयारी

spot_img

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनमा प्रयोग भईरहेको  बुक विल्डिङ्ग विधि परिमार्जन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रममा बुक विल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने उल्लेख छ।

अर्थात् बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा रहेको बुक विल्डिङ्ग विधिका केही व्यवस्थामा संशोधन गर्ने तयारी गरेको हो । यस संगै बुक विल्डिङ्ग निर्देशिका, २०७७ मा पनि परिमार्जन गर्ने भएको छ ।

अन्तराष्ट्रिय रुपमा उत्कृष्ट अभ्यास भनिएको बुक विल्डिङ्ग आईपीओ विधि नेपालमा सुरुवाती चरण मै विवादित भएपछि यसका केही प्रावधान बदल्न लागिएको हो।

धितोपत्र बोर्ड स्रोतका अनुसार योग्य संस्थागत लगानीकर्ताले पाउने शेयर र सर्वसाधारणले पाउने शेयरको अनुपात फेरबदल हुने सम्भावना छ । मूल्य निर्धारण प्रक्रियामा पनि बोर्डले मिलेमतो भएको आशंका गरेको छ। मूल्य निर्धारण प्रक्रियामा पनि केही फेरबदल हुन सक्ने बताइन्छ ।

हालसम्म सर्वोत्तम सिमेन्टले मात्र बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको छ। कम्पनीको आईपीओ आउनु अघि नै नियामक निकायका प्रमुख व्यक्तिहरुले आफ्नो परिवारको सदस्यको नाममा सो कम्पनीको शेयर लिएको भेटिएपछि पहिलो निष्काशन नै विवादित बनेको थियो ।

रिलायन्स स्पिनिङ मिल्सले पनि बुक विल्डिंग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरिसकेको छ। तर कम्पनीको मूल्य महँगो भएको भन्दै मूल्य निर्धारण विधि मै प्रश्न उठेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्न सकेको छैन । धितोपत्र बोर्ड आफैले अनिश्चितकालको लागि कम्पनीको आईपीओ रोकेको छ।

त्यस्तै बोर्डले धितोपत्रको सार्वजनिक निष्काशनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता कायम गर्ने तयारी गरेको छ ।  यसबारे सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्येनजर गरी Standards/Guidelines तयार गर्ने बोर्डको तयारी छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राजपत्रमा छापियो पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा छापिएको छ...

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको...

बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन...

सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...