Thursday, August 6, 2026
spot_img

भारत र पाकिस्तानका ५ क्रिकेटरलाई युएईले दियो नागरिकता, नेपालसँग खेल्न बलियो टिम आउँदै

spot_img

संयुक्त अरब इमिरेट्स (युएई) ले पाँच जना विदेशी मूलका क्रिकेटरहरूलाई नागरिकता प्रदान गरेर राष्ट्रिय टिम बलियो बनाएको छ। यी पाँच खेलाडी युएईका पहिलो प्राकृतिक नागरिक क्रिकेटर हुन् र उनीहरूलाई राष्ट्रपतीय आदेशबाट तत्कालै नागरिकता प्रदान गरिएको हो।

यी खेलाडीहरू नेपालको भ्रमणका लागि युएईको १७ सदस्यीय टिममा समावेश भएका छन्। टिमले नेपालसँग दुई टी२०आई खेल्नुका साथै नेपाल, ओमान र युएईबीच क्रिकेट विश्वकप लिग–२ त्रिकोणीय सिरिज खेल्नेछ।

पाँच खेलाडी को–को हुन्

खुजैमा तनवीर

उनी २० डिसेम्बर १९९९ मा पाकिस्तानको फैसलाबादमा जन्मिएका हुन्। उनी यस अघि पाकिस्तानी नागरिक हुन्। उनले  पाकिस्तान सुपर लिग (पीएसएल) मा कराची किंग्सका लागि खेलेका थिए। युएईको घरेलु क्रिकेट तीन वर्षदेखि खेल्दै आएका थिए। उनले कुनै देशको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्।

 अजय कुमार

उनी भारतबाट युएई पुगेका बायाँ हाते तेज बलर हुन्। उनले भारतमा आईपीएल नेट बलरको रूपमा खेलेका थिए। उनले युएईमा करिब दुई वर्षदेखि घरेलु र क्लब क्रिकेट खेल्दै थिए। उनी यस अघि पहिले भारतीय नागरिक हुन् र अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्।

अक्षदीप नाथ

उनी १० मे १९९३ मा भारतको उत्तर प्रदेशको लखनउमा जन्मिएका हुन्। उनले उत्तर प्रदेशका लागि घरेलु क्रिकेट खेलेका थिए भने आईपीएलमा गुजरात लायन्स जस्ता टिमबाट खेलिसकेका छन्। उनी यसअघि भारतीय नागरिक थिए। भारतको यु–१९ टिमबाट खेलिसके पनि सिनियर अन्तर्राष्ट्रिय स्तरमा खेलेका छैनन्।

हरप्रीत भाटिया 

११ अगस्ट १९९१ मा भारतको छत्तीसगढमा जन्मिएका उनले भारतको मध्य प्रदेश र छत्तीसगढका लागि घरेलु क्रिकेट खेलेका थिए । उनले कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलुरु जस्ता आईपीएल टिमबाट खेलिसकेका छन्। उनी भारतको यु–१९ विश्वकप टिममा पनि थिए तर सिनियर अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्।

अदीब उस्मानी

उनी ७ सेप्टेम्बर १९९७ मा भारतमा जन्मिएका विकेटकिपर–ब्याट्सम्यानहुन्। भारतका विभिन्न टी२० लिगहरूमा खेलिसकेका उनी यस अघि भारतीय नागरिक थिए। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्न बाँकी नै थियो।

यी सबै खेलाडी युएईको घरेलु क्रिकेट र आईएलटी२०, अबुधाबी टी१० जस्ता लिगहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका थिए। उनीहरूलाई आईसीसीको तीन वर्षको रेसिडेन्सी नियमअन्तर्गत योग्यता पाउन अझै केही समय लाग्ने थियो तर राष्ट्रपतीय आदेशबाट तत्कालै युएई पासपोर्ट दिइएको हो।

यी पाँचै खेलाडी नेपाल भ्रमणको लागि युएई टिममा समावेश छन्। युएईले यो भ्रमणलाई आफ्नो कमजोर एकदिवसीय क्रिकेटलाई सुधार्ने अवसरको रूपमा लिएको छ। यी पाँच खेलाडी युएईका क्रिकेट इतिहासमा पहिलो प्राकृतिक नागरिक (न्याचुरलाइज्ड) खेलाडी हुन्। यसअघि युएई टिममा अधिकांश खेलाडी रेसिडेन्सी नियमअन्तर्गत मात्र खेल्दै आएका थिए। यसले युएईको बलिङ (विशेष गरी तेज बलिङ) र ब्याटिङ गहिराइ बढाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह...

सुनको भाउमा भारी वृद्धि, फेरि तोलाको ३ लाख नजिक

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

कर्मचारीको नयाँ तलबमानः २८ हजार ९८४ रुपैयाँदेखि ९० हजार ५९४ रुपैयाँसम्म (सूची)

बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको...

सरकारको खानी विधेयकः १ लाख जरिवानालाई १ करोड पुर्‍याइयो, उद्योगीको ‘गम्भीर आपत्ति’

सरकारले संसदमा दर्ता गराएको खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई...

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...
spot_img