Thursday, April 23, 2026
spot_img
spot_img

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

spot_img
spot_img

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा आएको छ । तामाकोशी मरिण एडभेन्चर प्रा.लि.ले गत वर्षदेखि जेटबोट परीक्षण गर्दै आएकोमा अब भने जेटबोटसहित र्‍याफ्टिङ सेवा पनि व्यवसायिक रुपमा सुरु गरेको हो ।

नयाँवर्ष २०८३ को सुरुवातसँगै र्‍याफ्टिङ सेवा पनि थप गरेर मन्थलीमा जलपर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको कम्पनीका सञ्चाला सागरहरि अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार हाल जेटबोट सेवा मन्थलीस्थित करमबोटदेखि मन्थली घाटसम्म सञ्चालन भइरहेको छ ।

जेटबोट र र्‍याफ्टिङ दुबैमा अहिले आन्तरिक पर्यटकहरुको आकर्षण देखिएको सञ्चालक अधिकारी बताउँछन् । उनका अनुसार हाल दैनिक ५० जना सम्मले जेटबोट र र्‍याफ्टिङ अनुभव लिइरहेका छन् ।

अभ निकट भविष्यमा सेवा विस्तार गर्दै करमबोटदेखि खुर्कोटसम्म पुर्‍याउने योजना रहेको अधिकारीले बताएका छन् । यसका लागि तामाकोशी नदीभित्र जेटबोट र र्‍याफ्टिङ सहजै चलाउन सकिने गरी व्यवस्थित बनाउने कामका लागि मन्थली नगरपालिका र पानीजहाज कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ ।

जेटबोट चढ्न दुरीका हिसाबले शुल्क निर्धारण गरिएको छ । २ किलोमिटरका लागि ३५० रुपैयाँ, ४ किलोमिटरका लागि ५०० रुपैयाँ र ६ किलोमिटरका लागि १००० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

र्‍याफ्टिङ सेवामा भने करिब आधा दिनसम्म चलेमा २ हजार ५०० रुपैयाँ तोकिएको छ । छोटो दूरीअन्तर्गत हलेदेबाट मन्थलीसम्म र्‍याफ्टिङ चढेमा १ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...
spot_img