Monday, July 27, 2026
spot_img

लघुवित्तहरुमा कर्मचारी छनौट, सरुवा, र बढुवाको लागि नयाँ व्यवस्था

spot_img

नेपाल राष्ट्र बैंकले लघुवित्तहरुमा कर्मचारी छनौट, सरुवा, बढुवा, पदस्थापन तथा मुल्यांकनका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । आज आइतबार राष्ट्र बैंकले लघुवित्तको लागि नयाँ निर्देशन जारी गर्दै यी व्यवस्था गरेको हो ।

जस अनुसार अब  लघुवित्तले शाखा व्यवस्थापक वा सोभन्दा माथि को कर्मचारी भर्ना गर्दा उक्त कर्मचारीको विगतको पृष्ठभूमि विश्लेषण गरेर मात्र नियुक्त गर्नुपर्ने तथा निश्चित तालिम एवं कार्यानुभवका आधारमा मात्र पदोन्नति र जिम्मेवारी दिनुपर्ने छ । साथै Know your employee  को प्रयोग सम्बन्धी व्यवस्था गर्नुपर्ने छ।

कर्मचारीको छनौट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिम लगायत सम्बन्धित सर्टिफिकेशन कोर्स (Certification Courses) लिएको भए त्यस्तो विशेष योग्यतालाई समेत आधारको रुपमा लिनु पर्ने छ ।  संस्थाले व्यवस्थापकीय तहका कर्मचारीहरूलाई स्पष्ट कार्यविवरण उपलब्ध गराउनुपर्ने र त्यसको मूल्याङ्कन समय समयमा गर्नुपर्ने छ ।

लघुवित्त वित्तीय संस्थाले वार्षिक रुपमा संस्थागत सुशासन प्रतिवेदन (Corporate Governance Report) तयार गरी सार्वजनिक जानकारीको लागि आफ्नो वेबसाइटमा राख्नुपर्ने छ।

राष्ट्र बैंकले लघुवित्तहरुलाई सरल भाषा प्रयोग गर्न पनि निर्देशन दिएको छ । निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई उपलब्ध गराउने सेवा सम्बन्धी जानकारी वा सूचनामा प्रयोग गर्ने भाषा सरल र स्पष्ट हुनुपर्नेछ । लघुवित्त वित्तीय संस्थाले ग्राहकसँगको कारोबारमा प्रयोग हुने कागजातहरु ग्राहकले सजिलै पढ्न वा बुझ्न सक्ने बनाउनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग हुने कागजातहरु अंग्रेजी भाषामा समेत तयार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img