Thursday, August 27, 2026
spot_img
spot_img

आफ्ना उत्पादन बिक्री गर्न डिलर नियुक्त गर्दै सौर्य कृषि कम्पनी

spot_img

सौर्य कृषि कम्पनी लिमिटेडले विभिन्न डिलरहरु नियुक्त गर्ने भएको छ । कम्पनीले कम्पनीबाट उत्पादित सुर्योदय ब्राण्डका
मास तथा पेलेट दानाहरू (ब्रोईलर, प्यारेन्ट, लेयर्स, कोईलर, माछा, बंगुर तथा गाईभैसी) को दाना तथा दुटो, कनिका, पिठो, मकै र लोकल बासमती चामलको डिलर नियुक्त गर्न लागेको हो ।

डिलर बन्न इच्छुकले कम्पनीका संचालक सुरज दंगाललाई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । व्यक्ति र संस्था पनि डिलर बन्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालमा कृषि व्यवसायको विकास र आधुनिकिकरणका लागी नेपाली उद्यमीहरु मिलेर २०७५ साउन मा सौर्य पेलेट फिड ईण्डष्ट्रिज (प्रा.) लि. नामक कम्पनी दर्ता भएको थियो । कम्पनीले उपमहानगरपालिका वडा नं. १९ वस्तिपुरमा पूर्व पश्चिम राजमार्गमा जोडिएर एक उद्योग स्थापना गरी मिति २०८१ कार्त्तिक २३ गते देखि व्यवसायीक उत्पादन गरिरहेको छ ।

यस कारखानाबाट कुखुरा, माछा, गाई, भैंसी, बाख्रा, बंगुरको लागी दाना उत्पादन तथा बिक्री गर्ने गरेको छ। साथै यस कारखानाबाट गाई, भैंसीका लागी चोकर बिक्री गर्ने गरेको छ।

कम्पनीले व्यवसाय विस्तार गरी चामल, तेल, दाल, पानी आदिको उत्पादन र बिक्री वितरण गर्ने गरी कार्यक्षेत्र विस्तार गरेको हो । कम्पनीमा कृषक तथा सर्वसाधारणको समेत शेयर लगानी गर्ने हेतुले यस कम्पनीलाई एक पब्लिक लिमिटेड कम्पनीमा परिणत गरी सौर्य कृषि कम्पनी लिमिटेड नामाकरण गरिएको हो।

कम्पनीको अध्यक्षमा सुमित्रादेवी न्यौपाने रहेकी छिन् भने गुरु प्रसाद न्यौपाने प्रबन्ध संचालक छन् । अन्य संचालकमा प्रयागराज काफ्ले र सुरज दंगाल छन् । भृकुटी बराल कम्पनी सचिवको रुपमा रहेकी छिन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

चीनले भन्यो ‘ भोटेकोशीमाथि अर्को ठूलो ताल बनेको छ, ३ दिनभित्र फुट्न सक्छ’

चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोचेन खोला र पुरेपु साङपो...

बाढी प्रभावितको लागि अपि पावरद्वारा तत्काल ३५ लाख सहयोग

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण...

भयानक बाढीपछि ग्यास, इन्धन र नुनको अभाव हुन नदिन कस्तो छ तयारी ?

बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको भयानक बाढीले राजमार्ग...

३० लाखमै आयो नयाँ नामी बक्स

नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएमडब्लू वृद्धि मोटोकर्पले ‘नामी...

उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न सदस्यहरुलाई महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले भदौ १० गते तिब्बत क्षेत्रबाट...

ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको लागि ५ करोड रुपैयाँ सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक...