Monday, May 25, 2026
spot_img

पहिलोपटक सम्पूर्ण ब्रोकरहरुको आइटी सिस्टमको अडिट हुँदै, ९३ वटा चेकलिस्ट तयार

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि ब्रोकरहरुले आइटी अडिटको लागि तयारी सुरु गरेका छन् ।  धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ (चौथो संशोधन, २०८१) को विनियम २१८.मा “कारोबार सदस्यले आफुले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी प्रणाली नेप्सेले निर्धारण गरेको मापदण्ड बमोजिम भए वा नभएको सम्बन्धमा कम्तीमा दुई वर्षमा सम्परीक्षण गराई सोको प्रतिवेदन नेप्से तथा बोर्डमा पेश गर्नु पर्नेछ ।” भन्ने व्यवस्था छ ।

सोहि व्यवस्था बमोजिम नेप्सेले  ‘IT Audit Guidelines for Trading Members’ तयार गरी २०८२ माघ १२ गतेदेखि लागु गरेको हो।  यस संगै अब सम्पूर्ण ब्रोकरहरुले आफुले प्रयोगमा ल्याएको सूचना प्रविधि प्रणालीको सम्परीक्षण गराउनु पर्ने छ । नेप्सेले कार्यविधि लागु भएको ६ महिना भित्रमा अडिट सम्पन्न गराएर नेप्सेमा प्रतिवेदन पेश गर्नुपर्छ । अर्थात् ब्रोकरहरुले साउन १२ गते भित्र आफुले प्रयोग गर्ने प्रणालीको अडिट सम्पन्न गराएर नेप्सेमा प्रतिवेदन पेश गर्नु पर्ने छ।

किन गरिँदैछ अडिट ?

ब्रोकरहरुले प्रयोग गर्ने सुचना प्रविधि सम्बन्धी प्रणाली नेप्सेले निर्धारण गरेको मापदण्डमा रहे नरहेको सम्बन्धमा स्वतन्त्र रुपमा मुल्याकंन गरिन लागेको हो । अडिटको क्रममा टिएमएस, ग्राहकको विवरण व्यवस्थापन, सर्भर, नेटवर्क, वभेसाइट, इमेल, मोबाइल एप्लिकेशन लगायत सञ्चालनमा रहेका सम्पूर्ण स्रोतहरुको जोखिम समीक्षा गरि जोखिम पहिचान गर्नु पर्ने छ ।

यस अडिटको मुख्य उदेश्य सबै ट्रेडिङ तथा क्लाइन्ट सम्बन्धी जानकारीको गोपनीयता सुनिश्चित गर्नु,  सुरक्षा उपायहरूको प्रभावकारिता मूल्यांकन गर्नु, सम्भावित आईटी जोखिम तथा कमजोरीहरू पहिचान गरि न्यूनीकरण गर्नु, नियामकीय आवश्यकताहरू तथा उद्योगका उत्कृष्ट अभ्यासहरूसँग अनुपालन सुनिश्चित गर्नु र ब्रोकरेज फर्म भित्र समग्र आईटी सुशासन र व्यवस्थापन सुधार गर्नु रहेका छन्।

यस क्रममा सबै ब्रोकरहरुको सूचना प्रणाली र उनीहरूले आफ्नो सञ्चालनको क्रममा प्रयोग गर्ने आईटी पूर्वाधारको अडिट हुने छ। यसमा करोड व्यवस्थापन प्रणाली (TMS), ब्रोकर ब्याक अफिस प्रणाली, ग्राहक डेटा व्यवस्थापन प्रणाली, नेटवर्क र सञ्चार पूर्वाधार, सर्भर, डाटाबेस र भण्डारण प्रणालीहरू पर्दछन्। त्यस्तै ब्रोकरका वेबसाइटहरू, मोबाइल एप, र सम्बन्धित डिजिटल प्लेटफर्महरू पनि समावेश छन्। यसबाट ब्रोकरहरुले आफ्नो प्रणालीको मुल्यांकन गरि सम्भावित जोखिमको पहिचान गर्न सक्ने छन् भने जोखिम न्यूनीकरणका उपाय, र नियमकीय तथा अन्तराष्ट्रिय उत्कृष्ट अभ्यासबारे जानकारी पाउन सक्ने छन् ।

नेप्सेले तयार पारेको निर्देशिकामा प्रष्टसँग अडिटको प्रक्रिया र के के विषयको अडिट गर्ने भन्ने उल्लेख छ । जसमा Governance and IT Management, IT Infrastructure and Network Security, Application and Trading System Audit, Data Management and Security, Cybersecurity Policies and Practices, Regulatory Compliance, र Business Continuity and Disaster Recovery को छुट्टाछुट्टै रुपमा अडिट हुनेछ ।

नेप्सेले कार्यविधिको अनुसूचीमा अडिटको लागि चेक लिस्ट उल्लेख गरेको छ । जसमा Organizational Controls शिर्षकमा ३७ वटा, People Controls शिर्षक ८ वटा, Physical Controls शिर्षकमा १४ वटा र Technological Control मा ३४ वटा विषय छन् । यसरी कुल ९३ वटा विषयको अडिट हुने छ।

कसले गर्न पाउँछ अडिट ?

नेप्सेको निर्देशिकामा अडिट गर्न पाउने अडिट फर्मको योग्यताबारे पनि उल्लेख गरिएको छ । नेपाल भित्र दर्ता भएको, अघिल्लो आर्थिक वर्षको कर चुक्ता भएको, सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा नपरेको, तथा यस अघि बैंक, बीमा, वित्तीय संस्था, पुँजीबजार, सरकारी निकायको कम्तिमा एउटा सिस्टम अडिट गरेको फर्म योग्य हुने भनिएको छ। फर्ममा कम्तिमा ३ जना अडिट प्रोफेसनल हुनु पर्ने भनिएको छ । ति मध्ये कम्तिमा एक जनासँग आइटीमा स्नातक गरि, आईटीका प्रमाणित कोर्स पुरा गरेको प्रणामपत्र र सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव हुनु पर्ने छ। त्यस्तै अडिटर ब्रोकर कम्पनीबीच कुनै पनि स्वार्थ बाझिएको हुनु नहुने उल्लेख छ।

पहिलो पटक ब्रोकरहरुको सिस्टम अडिट हुँदै : सीइओ चापागाई 

नेपाल स्टक एक्सच्नेज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाई आफ्नो नेतृत्वमा पहिलो पटक ब्रोकरहरुको सिस्टम अडिटको कार्य सुरु गरेको बताउछन् । यस अघि विनियमावलीमा व्यवस्था गरिएको भए पनि कसले र कसरि गर्ने भन्ने प्रक्रियाबारे स्पष्ट नहुँदा ब्रोकरको सिस्टम अडिट रोकिएको उनको भनाई छ । नेप्सेको संचालक समितिले प्रक्रिया र विषय प्रष्ट पार्नको लागि गाइडलाइन बनाएर लागु गरेको र अब ब्रोकरहरुको प्रणालीको अडिट प्रक्रिया अगाडि बढेको उनको भनाई छ। यसले ब्रोकरहरुको प्रणालीको सबल पक्ष र कमजोर पक्ष उजागर गर्ने र सुधारको लागि बाटो खोल्ने उनको भनाई छ । अडिट पश्चात सूचना प्रविधि जोखिम न्युनिकरण भई कारोबार अझ सुरक्षित हुने विश्वास उनको छ।

जोखिम न्यूनीकरण हुन्छ : भण्डारी  

सुचना प्रविधि लेखापरीक्षणको क्षेत्रमा लामो समय देखि कार्य गरिरहेको आरएसएम अल्फा प्रा.लि. का निर्देशक सुयोग्य भण्डारी  पछिल्लो समय सुचना प्रविधिको बढ्दो प्रयोग रहेको तर यसको स्वतन्त्र विश्लेषण नगरिदाँ प्रणालीगत नै जोखिम देखिएको बताउछन्।  नेप्सेको निर्देशनले अडिटपछि सम्पूर्ण लगानीकर्ताको लगानी सुरक्षा भई ब्रोकरहरुमा हाल देखिएको जोखिम समेत न्युनिकरण भई सुरक्षित कारोबार हुने उनको भनाई छ । यस प्रकारको कार्यविधिको कार्यान्वयनले प्रणालीको सुरक्षा सुदृढिकरण हुने, तथ्याकंमा सुद्धता आउने, सुरक्षा प्रणालीको विश्वसनीयतमा सुधार हुने, यसले पारदर्शीता र जवाफदेहिता बढाउने समेत भण्डारी बताउछन्।

ढिलै भए पनि राम्रो कामको सुरुवात : पूर्व अध्यक्ष पौड्याल 

नेपाल धितोपत्र ब्रोकर एसोसियसनका पूर्व अध्यक्ष अन्जनराज पौड्याल नेप्सेले ढिलै भए पनि राम्रो कामको सुरुवात गरेको बताउछन् । उनका अनुसार यो कार्यविधिको कार्यान्वयनले हाल ब्रोकरहरुको सञ्चालन एवं सुचना प्रविधि जोखिम कम हुने छ। ग्राहकको सुरक्षित कारोबार नै ब्रोकरको प्रमुख दायित्व भएकोले यथासक्य चाँडो कार्यान्वयनको लागि ब्रोकरहरुले काम गरिरहेको उनको भनाई छ। नेप्सेले तोकेको समयमै सबै ब्रोकरले लेखापरीक्षण सम्पन्न गरि प्रतिवेदन बुझाउने र त्यस क्रममा देखिएका कैफियतहरु सुधारमा लैजाने विश्वास उनले व्यक्त गरेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार २...

जापानले थाल्यो बिपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा आएको बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको...

नाफिजद्वारा आर्थिक पत्रकारहरूका लागि बजेट रिपोर्टिङ र सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम

बजेट भाषणको पूर्व सन्ध्यामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले...

सिन्धु विकास बैंकको सीइओमा गणेश कुमार केसी नियुक्त

सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट...

१० प्रतिशत लाभांश घोषणा गरेको स्वाभिमान लघुवित्तले अब लाभांश नदिने, माग्यो क्षमा

स्वाभिमान लघुवित्तले लाभांश नदिने भएको छ। यस अघि लघुवित्तको...

उद्योगी व्यवसायीले देश छोड्न थालेको चर्चा, पुँजी पलायनको जोखिम बढ्यो

नेपालका केही उद्योगी व्यवसायीहरु लगानीको वातावरण बिग्रदै गएको र...
spot_img