Wednesday, June 3, 2026
spot_img

होटल इच्छा अब अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालन हुने

spot_img
spot_img

बाराको सिमरामा रहेको होटल इच्छा लिमिटेड अब अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री होटल को व्यवस्थापनमा सञ्चालन हुने भएको छ। दुवै कम्पनीबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएसँगै होटल इच्छा अब ‘लेमन ट्री होटल’ ब्रान्डमा सञ्चालनमा आउनेछ।

सम्झौतामा होटल इच्छाका प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन्। कार्यक्रममा सञ्चालक समिति सदस्य गोकर्ण खतिवडा र प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौवडेल समेत सहभागी थिए।

लेमन ट्रीले नेपालमा यसअघि काठमाडौं र चितवनमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने विराटनगरको भृकुटी चोकमा नयाँ पाँचतारे होटल सञ्चालनको तयारी गरिरहेको छ। उक्त होटल वैशाख महिनामा उद्घाटन गर्ने योजना रहेको छ।

यो सहकार्यले बारा–सिमरा क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ भने अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशसँगै सेवा तथा व्यवस्थापनको स्तर अझ उकासिने अपेक्षा गरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पोल्ट्री फार्म सञ्चालकलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति बनाएपछि चौतर्फी आलोचना

सरकारले निजी पोल्ट्री व्यवसायीलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको...

ईभी आयातमा ‘अन्डर इन्भ्वाइसिङ’को जोखिम कति ?

सरकारले विद्युतीय सवारी साधनको आयातमा मूल्यका आधारमा कर लगाउने...

इप्पानको विधान संशोधनबारे अन्तरक्रिया गर्दै उर्जा उद्यमी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आवद्द उर्जा...

आज कति छ सुनचाँदीको भाउ ?

आज बुधबार सुनको भाउ स्थिर छ । मंगलबार प्रति...

समस्याग्रस्त सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सूचना माग 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले...

स्थानीयलाई माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए १६० कित्तासम्म शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन...
spot_img