Tuesday, June 30, 2026
spot_img

चुनावपछिको पहिलो संसद बैठक आज बस्दै, यी हुन् ८ वटा कार्यसूची

spot_img
spot_img

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ। बैठक दिउँसो २ बजे निर्माणाधीन संसद भवनको बहुउदेश्य कक्षमा हुने छ ।

संसदको जेष्ठ सदस्य अर्जुन नरसिंह केसीको अध्यक्षतामा पहिलो बैठक बस्ने छ। सभामुखको निर्वाचन नहुँदासम्म उनले नै बैठक चलाउने छन् । सभामुखको लागि चैत्र २२ गते चुनाव हुदै छ।

पहिलो बैठकको लागि ८ वटा कार्यसूची तयार गरिएका छन् ।  जसमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने, र राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ।

त्यस्तै प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव पेस र स्वीकृत सभामुखले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाले आफ्नो नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने र  सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ।

त्यस्तै अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले आ-आफ्नो मन्तव्य राख्ने छन्। त्यस्तै पहिलो बैठकले नै
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको लागि दिन तोक्ने छ।

पहिलो बैठकमा गृहमन्त्री सुधन गुरुङले  “मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२”, “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२”, र “नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२” पेश गर्ने छन् ।

संविधान सभाका सदस्य एवं पूर्व सदस्यहरु ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधान सभा तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहराकोको शोक प्रस्तावहरु प्रस्तुत गरेपछि पहिलो बैठक सकिनेछ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर...

साउथ कोरिया नकआउटमा नपुगेको विषय छानबिन गर्न राष्ट्रपतिको निर्देशन, कोचले दिए राजीनामा

दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा नपुगेको विषयमा छानबिन हुने...
spot_img