Friday, June 19, 2026
spot_img

फिफा विश्वकपको लागि थप ६ देश छनोट, अब सबै ४८ टोलीको टुङ्गो लाग्यो

spot_img
spot_img

फिफा विश्वकप २०२६ को छनोट प्रक्रिया पूरा भएको छ। अन्तिम प्लेअफ र युरोपेली प्लेअफका माध्यमबाट थप ६ टोलीले विश्वकप टिकट पक्का गरेका छन्। अब ३ आयोजक राष्ट्रसहित कुल ४८ टोलीले क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने यो ऐतिहासिक प्रतियोगितामा भाग लिनेछन्।

हिजो सम्पन्न अन्तिम प्ले अफका खेलहरुबाट अन्तिम ६ टिम छनौट भएका हुन् । जसमा युरोप (UEFA) बाट स्वीडेन, टर्की, चेक गणतन्त्र, र बोस्निया एण्ड हर्जगोभिना छनौट भएका छन् । त्यस्तै अन्तरमहादेशीय प्लेअफ बाट इराक र कंगो डीआर छनौट भएका छन् ।

यो विश्वकप ४८ टोलीको भएको पहिलो संस्करण हो, जसमा १२ समूहमा विभाजन गरी खेलाइनेछ। प्रत्येक समूहमा ४ टोली रहनेछन्। समूह चरणपछि शीर्ष दुई टोली र प्रत्येक समूहबाट उत्कृष्ट ८ तेस्रो स्थानका टोलीले नकआउट चरणमा प्रवेश गर्नेछन्। कुल १०४ खेल हुनेछन् र फाइनल १९ जुलाई २०२६ मा न्यूयोर्क/न्युजर्सीमा हुनेछ।

यी छनोटसँगै विश्वकपको पूर्ण टोली सूची तयार भएको छ।

को को भए छनौट ? 

आयोजक: क्यानडा, मेक्सिको, अमेरिका
एशिया (AFC): अस्ट्रेलिया, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, उज्बेकिस्तान

अफ्रिका (CAF): अल्जेरिया, केप भर्डे, कंगो डीआर, कोट डिभ्वार, इजिप्ट, घाना, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका, ट्युनिसिया

उत्तर/मध्य अमेरिका (CONCACAF): कुराकाओ, हाइटी, पानामा (आयोजकसहित)

दक्षिण अमेरिका (CONMEBOL): अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, प्याराग्वे, उरुग्वे

ओसेनिया (OFC): न्यूजिल्यान्ड

युरोप (UEFA): अष्ट्रिया, बेल्जियम, बोस्निया एण्ड हर्जगोभिना, क्रोएसिया, चेकिया, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, टर्की

नयाँ डेब्यु टोलीहरू: कुराकाओ (सबैभन्दा सानो राष्ट्र), जोर्डन, उज्बेकिस्तान, केप भर्डे आदि ले पहिलो पटक विश्वकप खेल्नेछन्।

हेर्नुस् विश्वकपको समूह विभाजन 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img