Sunday, July 26, 2026
spot_img

एशियन होटेलले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

spot_img

एशियन होटेल लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ २० गते आवेदन दिएको हो।

कम्पनीले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले भैरहवामा ४ तारे होटल संचालन गरिरहेको छ । यो होटल बौद्ध धर्मावलम्बी तथा सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने उद्देश्यले सन् २०२१ मा स्थापना भएको थियो । लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो ।

होटल सन् २०२१ मा स्थापित भएको हो । होटलले हाल ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्कोट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरु बाट आफ्नो व्यवसाय गर्दै आइरहेको छ ।

आईपीओबाट पैसा उठाएर होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना कम्पनीको रहेको छ । होटल एसियनका अध्यक्ष पारस अधिकारी हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img