प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गरेका छन्। उनले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गरेको बताईएको छ। उनले क्षेत्रगत समस्याबारे क्षेत्रगतरूपमा ‘ब्रिफिङ’ लिएको र तत्काल गर्नुपर्ने कामको बारेमा जानकारी लिएको बताईएको छ । प्रत्येक सांसदले क्षेत्रगतरूपमा आ–आफ्नो समस्या राखेका थिए।
प्रधानमन्त्री शाहले आगामी दिनमा अन्य प्रदेशका सांसदहरुसंग पनि छलफल गर्ने छन् ।













