Tuesday, June 30, 2026
spot_img

महासंघ निर्वाचनः सोमबार नरेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा हुँदै (सूचीसहित)

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले सोमबार आफ्नो समूहको घोषणा गर्ने भएका छन् । यसअघि नै वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका श्रेष्ठले सोमबार समूह सहितको उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

श्रेष्ठको समूहबाट सुरज बन्जाडे, विदूर धमला, भक्त हमाल, दुर्गा सुवेदी, पशुपतिदेव पाण्डे र सागर ढकाल केन्द्रीय कार्यकारिणी समिति सदस्यको उम्मेदवार छन् । यसैगरी, विप्लव अधिकारी, प्रल्हाद दाहाल, सुबोध कुमार गुप्ता, लिलेन्द्र प्रधान र राजेन्द्र सांग्रौला पनि उनको टिमबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

‘अरु साथीहरु पनि हुनुहुन्छ, १६ जनाको टिम सोमबार घोषणा हुँदैछ’ श्रेष्ठ समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेका एक जनाले भने, ‘सबै व्यवसाय र पेशालाई समेटेर टिम बनाएका छौँ । पर्यटन, कृषि, औषधि, रियलस्टेट, सेयर ब्रोकर, इन्धन सबै क्षेत्रबाट हाम्रो समूहमा प्रतिनिधित्व छ ।’

वस्तुगत उपाध्यक्षमा श्रेष्ठसँग शिवप्रसाद घिमिरेले प्रतिस्पर्धा गर्दैछन् । घिमिरेले पनि आफ्नो समूहको औपचारिक घोषणा गरिसकेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...
spot_img