Saturday, June 13, 2026
spot_img

माउन्टेन भेहिकल नेपालः आरामदायी यात्राको सारथी

spot_img
spot_img

तपाईं सपरिवार घुम्न जाने वा कुनै सभा, समारोह, भेटघाटका लागि कतै जाने योजना बनाउनेबित्तिकै दिमागमा आईहाल्ने विषय हुन् – सवारी साधन, यात्रामा हुने असुविधा र झन्झट !

आफुसँग सवारी साधन नभएको अवस्थामा यात्राका लागि सार्वजनिक सवारी साधनका अलावा राईड सेयरिङ र सवारी साधन भाडामा उपलब्ध गराउने कम्पनीहरु प्रमुख विकल्प हुन् ।

कतै बाटो राम्रो भएपनि सार्वजनिक सवारी साधनको सहजता छैन । कतै बाटो-घाटो, सवारी साधनमात्रै नभएर गन्तव्यकै बारेमा पनि राम्रो ज्ञान छैन । यी समस्या हाम्रो दैनिक जीवनमा दोहोरिईरहन्छन् ।

यात्राको सन्दर्भमा आउने यस्ता अनेकथरी द्विविधा र तनावबाट मुक्ति दिने विकल्पको रुपमा सवारी ‘रेन्टल’ कम्पनीहरुको संख्या बढ्दै गईरहेको छ ।करीब एक दशकदेखि सवारी ‘रेन्टल’ मार्फत आरामदायी यात्राको सारथी बन्दै एकमुष्ठ समाधान सहित सेवा दिँदै आएको कम्पनी हो, माउन्टेन भेहिकल नेपाल ।

उत्कृष्ट सेवा नै कम्पनीको पहिचान

पर्यटन क्षेत्रमा लामो अनुभव भएका उद्यमी युवाले सञ्‍चालन गरेको यो कम्पनी स्वदेशी तथा विदेशी पर्यटकहरुको प्रमुख रोजाई बन्‍न पुगेको छ । कम्पनीका सञ्‍चालक भरत सिंखडा भन्छन्, “गुणस्तरीय सेवा र ग्राहकको दिगो सन्तुष्टि नै हाम्रो पहिचान हो ।”

विश्‍वप्रसिद्ध ट्राभल गाईड कम्पनी ट्रिप एडभाईजरको रेटिङले पनि सिंखडाको दाबीलाई पुष्टि गर्छ । ट्रिप एडभाईजरका अनुसार माउन्टेन भेहिकल नेपाल काठमाडौंमा सञ्‍चालित ५ सय ८ वटा ट्राभल कम्पनीमध्ये १४औँ स्थानमा पर्छ ।

गन्तव्य र रोजाई अनुसारका सवारी साधन

काठमाडौँको ठमेलमा रहेको यो कम्पनीले सबै यात्रा-गन्तव्यको लागि सवारी सेवा दिँदै आएको छ । सेवाग्राहीको आवश्यकता अनुसार सेडान, एसयूभी, फोर-ह्वील ड्राईभ, जीप-भ्यान, कोस्टर र लक्जरी टुरिस्ट बसहरु यहाँबाट भाडामा लिन सकिन्छ ।

पोखरा, मुक्तिनाथ, चितवन र लुम्बिनी सबैभन्दा बढी सेवाग्राहीले रोज्‍ने गन्तव्य हुन् । सञ्‍चालक सिंखडाका अनुसार पछिल्लो समय सपरिवार रारा घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढ्दै गईरहेको छ ।

कम्पनीले काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर लामो तथा छोटो दुरीका सबै पर्यटकीय गन्तव्यका लागि सवारी साधनहरु उपलब्ध गराउँदै आएको छ ।

विदेशी सेवाग्राही धेरै, नेपालीको संख्या बढ्दै

माउन्टेन भेहिकल नेपाल माउन्टेन ट्रेक्स नेपालको भगिनी संस्थाको रुपमा स्थापना भएकोले यो कम्पनीका सेवाग्राही मूलतः विदेशी पर्यटकहरु हुन् । यो कम्पनी हिमाल आरोहण र पदयात्राका लागि नेपाल आउने पर्यटकको रोजाईमा वर्षौंदेखि पर्दै आएको छ ।

हिजोआज आन्तरिक पर्यटकको संख्या तुलनात्मकरुपमा वृद्धि भएसँगै पारिवारिक र व्यक्तिगत भ्रमणको सिलसिलामा सवारी साधन भाडामा लिनेको संख्या पनि क्रमशः बढ्दै गएको कम्पनीको भनाई छ । आन्तरिक पर्यटकको प्रमुख गन्तव्य भने मुक्तिनाथ र उपल्लो मुस्ताङ रहेको छ ।

सुरक्षित सेवा र विविध प्याकेजहरु

पछिल्लो समय काठमाडौंमा रहेका सवारी रेन्टल कम्पनीहरुले ‘सेल्फ ड्राईभ’ सेवा समेत दिँदै आएको भएपनि माउन्टेन भेहिकल नेपालले ड्राईभरबिनाको सवारी साधन लिने सुविधा दिँदैन ।

कम्पनीका अनुसार ‘सेल्फ ड्राईभ’ सेवा यात्रु र सवारी साधन दुवैको सुरक्षाका हिसाबले जोखिमपूर्ण हुन्छ । सुरक्षाको साथै सेवाको गुणस्तरका दृष्टिले समेत जुनसुकै गन्तव्यको लागि ड्राईभर सहितको सेवामात्रै दिने गरिएको कम्पनीको दाबी छ ।

स्वदेशी र विदेशीको प्राथमिकतामा फरक

विदेशी पर्यटकले आफ्नो भ्रमण प्याकेज र गन्तव्यका आधारमा अग्रिम बुकिङ गरेर सवारी सेवा लिन्छन् । खासगरी हिमाल आरोहण र पदयात्राका गन्तव्यहरुसम्म पुग्नसक्ने लक्जरी सवारी साधन विदेशी पर्यटकको रोजाईमा पर्दछ ।

पछिल्लो समय नेपालीहरु पनि परिवार वा साथीभाईसहित विभिन्‍न गन्तव्यको भ्रमण गर्ने चलन बढ्दै गएको छ । आन्तरिक पर्यटकहरुले आफ्नो समुहको संख्या र गन्तव्यको आधारमा विकल्प रोज्ने गर्दछन् ।

दैनिक भाडा कति पर्छ ?

कम्पनीले गन्तव्य र सेवाग्राहीको माग अनुसार दैनिक, साप्ताहिक, मासिक र एकतर्फी वा दुईतर्फी यात्राको लागि सबै किसिमका सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

सिंखडाका अनुसार सामान्यतया सवारी साधनको भाडा प्रतिदिन ४५ सयदेखि १० हजार रुपैयाँसम्म पर्छ । त्यसमा गाडीको ईन्धन सेवाग्राही आफैले भर्ने विकल्प पनि छ ।

सवारी साधन आफ्नो अनुकुलताका आधारमा अनलाईन वा अफलाईन बुकिङ गर्न सकिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 नाइमा मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड सम्पन्न, ४९ ब्राण्ड सहभागी हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी...

एलन मस्क बने विश्वकै पहिलो ट्रिलिनियर, स्पेसएक्सको आईपीओपछि १० खर्ब डलर नाघ्यो सम्पत्ति

अमेरिकी धनाढ्य एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (डलर खर्बपति)...

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...
spot_img