Friday, June 19, 2026
spot_img

२ खर्ब ४४ अर्बमा बिक्री भयो आईपीएलको राजस्थान रोयल्स टिम

spot_img
spot_img

भारतीय प्रिमियर लिग (आईपीएल) को पहिलो बिजेता टोली राजस्थान रोयल्स बिक्री भएको छ। रोयल्सले सन् २००८ को आईपीएलको पहिलो सिजन जितेको थियो ।

अमेरिकामा आधारित उद्यमी काल सोमानीको नेतृत्वमा रहेको कन्सोर्टियमले १.६३ बिलियन अमेरिकी डलर (२ खर्ब ४४ अर्ब नेपाली रुपैयाँ) मा राजस्थान रोयल्सको १०० प्रतिशत शेयर खरिद गरेको छ। यो आईपीएल इतिहासकै सबैभन्दा ठूलो फ्रान्चाइज बिक्रीमध्ये एक हो। यो २००८ मा टोली खरिद गर्दा लागेको ६७ मिलियन डलरको तुलनामा २४ गुणा बढीमा टिम बिक्री भएको हो।

हालका मालिक मनोज बादलेको नेतृत्वमा रहेको इमर्जिङ मिडिया आईपीएल लिमिटेड (६५ प्रतिशत) ले बेचेको हो। उनीसँगै अन्य साझेदार थिए – रेडबर्ड क्यापिटल पार्टनर्स (१५ प्रतिशत), फक्स कर्पोरेसनका सीईओ लाचलन मर्डोक (१३ प्रतिशत) र बाँकी ७ प्रतिशत साना लगानीकर्ताहरू थिए। साना लगानीकर्ताको रुपमा काल सोमानी पनि पहिले नै साझेदार थिए, अहिले भने उनले आफ्नो नेतृत्वमा पुरै स्वामित्व खरिद गरेका हुन्। राजस्थान रोयल्स रोयल्स स्पोर्ट्स ग्रुपअन्तर्गत सञ्चालित छ, जसले दक्षिण अफ्रिका र क्यारिबियनका अन्य रोयल्स टोली पनि चलाउँछ।

काल सोमानी (अमेरिकाको स्कट्सडेल, एरिजोना निवासी) को नेतृत्वमा रहेको कन्सोर्टियमले टिम किनेको हो। सोमानी इन्ट्राएज, ट्रुयो, ट्रुयो.एआई र एकेडेमियन जस्ता टेक कम्पनीका संस्थापक हुन् र २०२१ देखि नै राजस्थान रोयल्समा साना लगानीकर्ता थिए। उनीसँग  वालमार्टका संस्थापक सम वाल्टनका जेठो छोरा रोब वाल्टन र हम्प परिवार (एनएफएलको डेट्रोइट लायन्सको मालिक, फोर्ड मोटर कम्पनीसँग सम्बन्धित शीला फोर्ड हम्प) पनि जोडिएका छन्।

किन बेचियो ?
आईपीएल फ्रान्चाइजको मूल्य आकाशिँदै गएकाले मालिकहरूले मूल्य अधिकतम गर्न खोजेका थिए। २०२५ डिसेम्बरदेखि नै बिक्री प्रक्रिया सुरु भएको थियो। ग्लोबल लगानी बैंक रेन ग्रुपले यसको व्यवस्थापन गरेको थियो। सुरुमा १.१ बिलियन डलरको फ्लोर मूल्य तोकिएको थियो, तर बोलपत्रहरू बढ्दै १.३ बिलियनदेखि १.७ बिलियनसम्म पुगेका थिए। मालिकहरूले दीर्घकालीन लगानी र नयाँ स्रोतसँग टोलीलाई अझ मजबुत बनाउने लक्ष्य राखेका छन्।

टिमको पूर्ण १०० प्रतिशत स्वामित्व बिक्री भएको छ। तर सम्झौता अझै पूरा भएको छैन। बीसीसीआईले अक्टोबर २०२६ मा हुने वार्षिक साधारण सभामा अनुमोदन गर्नुपर्छ। अनुमोदन नभएसम्म मनोज बादले नै कागजी मालिक रहनेछन्।
बीसीसीआईले यो कारोबारको ५ प्रतिशत रकम पाउनेछ। आईपीएल २०२६ सिजनपछि मात्र नयाँ मालिकको पूर्ण नियन्त्रण लागू हुनेछ।

यो २०२६ मा दोस्रो आईपीएल टोली बिक्री हो , यस अघि आरसीबी बिक्री भएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img