दोलखामा दलका एजेन्ट (प्रतिनिधि)हरुले नै मतपत्र र स्वस्तिक छाप लुटेपछि प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित गोलेश्वर मावि मतदानस्थलमा केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेपछि विवाद भएको हो ।
विवाद उत्पन्न भएपछि उक्त केन्द्रमा मतदान रोकिएको दोलखाका सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले जानकारी दिए । उनका अनुसार बुथ प्रतिनिधिले लगेको मतपत्र र छाप फेला परेको छैन । अहिले मतपत्र र छाप खोजी गर्ने काम भइरहेको र केही बुथ प्रतिनिधिलाई नियन्त्रणमा लिइएको छ ।
यसअघि सोही ठाउँमा खटिएका कर्मचारीमाथि हातपात हुँदा प्रहरीले हवाईफायर गरेको थियो ।









