Wednesday, July 1, 2026
spot_img

यी हुन् ८३ सालमा हुने सार्वजनिक विदा: दशैँमा ८ दिन, तिहारमा ६ दिन (सूचीसहित)

spot_img
spot_img

सरकारले २०८३ सालमा प्रदान गरिने सार्वजनिक  विदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै विदाको सूची सार्वजनिक गरेको हो।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले विक्रम संवत २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय थियो। सोहि अनुसार विदाको सूची राजपत्रमा सार्वजनिक गरिएको हो ।

८३ सालमा दशैँको बेला लगातार ८ दिन सार्वजनिक विदा हुने भएको छ । असोज ३१ गते फुलपातीको दिन शनिवार परेको छ, र सो दिन देखि कार्तिक ६ गते शुक्रबारसम्म सार्वजनिक विदा रहेको छ। कार्तिक ७ गते शनिवार नै परेकोले दशैँको बेला लगातार ८ दिन विदा हुने भएको छ।

त्यस्तै तिहारमा लगातार ६ दिन विदा परेको छ । तिहार विदा कार्तिक २२ गते आइतबारदेखि कार्तिक २६ गते बिहिबारसम्म रहेको छ। कार्तिक २१ गतेको शनिवार समेत गर्दा तिहारमा लगातार ६ दिन विदा हुने भएको छ। त्यसपछि कार्तिक २७ गते शुक्रबार कर्यालय खुल्ने छ भने कार्तिक २८ र कार्तिक २९ गते फेरी विदा हुने छ। यी क्रमश शनिवार र छठमा विदा हुन् ।

हेर्नुस् विदाको सूची :

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार...

नबिल बैंक लगातार तेस्रो पटक ‘गोल्ड’सहित एकसाथ ३ अवार्डद्वारा सम्मानित

नबिल बैंक बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित...

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...
spot_img