Friday, June 19, 2026
spot_img

शशिकान्तले भक्तपुरमा भित्र्याउँदैछन् मेरियटको प्रिमियम ब्राण्ड ‘JW Marriott’, ८ अर्ब लगानी

spot_img
spot_img

उद्योगपति शशिकान्त अग्रवाल होटल व्यवसायमा पनि जम्दै छन् । हालसम्म उनका ३ वटा होटल सञ्चालनमा आइसकेका छन् । ठमेलमा फेयरफिल्ड, नक्सालमा मेरियट र कमलादीमा मोक्सी सञ्चालनमा ल्याइसकेका अग्रवाल पायोनियर होटल व्यवसायीका रुपमा दर्ज भइसकेका छन् ।

अब उनै शशिकान्तले अर्को लक्जरी होटल ‘JW Marriott’ भित्र्याउने भएका छन् । रोचक कुरा के छ भने, हालसम्म उनको नेतृत्वमा सञ्चालनमा आएका ३ वटै होटलको व्यवस्थापन विश्व प्रसिद्ध ‘मेरियट’ले सम्हाल्दै आएको छ । अब आउने लक्जरी र प्रिमीयम होटलको व्यवस्थापन पनि मेरियटले नै सम्हालनेछ ।

‘हामीले भक्तपूरको ठिमीमा JW Marriott ल्याउँदैछौँ, JW Marriott भनेको मेरियटको प्रिमीयम ब्राण्ड हो’ शशिकान्तले बिजनेश पानासँग भने, ‘उच्च खर्चालु पर्यटकहरुलाई लक्षित गरेर यो होटल ल्याउन लागेका हौँ ।’

उनका अनुसार लक्जरी र प्रिमीयम टुरिष्टहरुको आगमन बढाउनु आजका लागि नेपालको सबैभन्दा ठूलो आवश्यकता हो । पर्यटन भनेको मौलिक आतिथ्यता र विश्वस्तरीय सर्भिसबाट मात्रै बढ्न सक्ने उनको भनाइ छ । ‘हामीले क्वालिटी टुरिजममा ध्यान दिनुपर्छ, खर्चालु र लक्जरी सर्भिस चाहने विश्व भरीका पर्यटकलाई नेपालमा आकर्षण गर्नुपर्ने छ’ उनी भन्छन्, ‘काठमाडौँ विमानस्थलबाट पूर्वतिर हाइवे नजिकै पर्यटकलाई लक्षित गरिएका होटल छैनन् । धुलिखेल र नगरकोटको आफ्नै विशेषता छ । त्यो भन्दा नजिक पनि चाहिन्छ भन्ने देखेर हामीले भक्तपूरको ठिमीमा मेरियटको प्रिमीयम ब्राण्ड JW Marriott ल्याउन लागेका हौँ ।’

क्षमता कति ?
ठिमीमा बन्ने यो होटल २० रोपनी क्षेत्रफलमा फैलने छ । सकेसम्म ३०० कोठाहरु रहने गरी यसको डिजाइन गरिनेछ । ‘३०० कोठाहरु राख्न सकिन्छ कि सकिँदैन, त्यो हेर्न बाँकी छ । तर, ३०० भएन भनेपनि २०० सयबाट घट्दैन’ शशिकान्त थप्छन्, ‘हामीसँग त्यहाँ जग्गा पहिले नै छ । केही अपुग हुने देखियो भने जग्गा थप गर्न पनि सकिन्छ ।’

उनका अनुसार JW Marriott आगामी ५ वर्षभित्र सञ्चालनमा आउने छ । ‘काम सुरु भएपछि ५ वर्षभित्र होटल सञ्चालनमा ल्याउने लक्ष्य छ’ अग्रवालले भने, ‘यसमा ८ अर्ब जति लगानी हुन्छ होला ।’

मेरियटलाई नै किन विश्वास गर्छन् शशिकान्त ?
शशिकान्तले एमएस ग्रुपमार्फत १० वर्षमा ३ वटा होटल सञ्चालनमा ल्याइसकेका छन् । ठमेलमा चारतारे होटल फेयरफिल्डमार्फत होटल उद्योगमा प्रवेश गरेका उनी त्यसपछि नक्सालमा पाँचतारे मेरियट होटल सञ्चालनमा ल्याउन सफल भए । हालैमात्रै उनले कमलादीमा चारतारे होटल मोक्सी सञ्चालनमा ल्याइसकेका छन् । यी वटैको मेरियटका स्केल अनुसारका ब्राण्ड हुन् ।

अब ल्याउने होटल पनि मेरियटकै लक्जरी र प्रिमीयम ब्राण्ड हुने घोषणा गरिसकेका छन् । सुरुदेखि नै मेरियटसँग काम गरेको हुनाले व्यवस्थापनको जिम्मा उनीहरुलाई दिँदा राम्रो नतिजा आउने आफ्नो अनुभव रहेको शशिकान्त सम्झिन्छन् ।

‘उनीहरुको म्यानेजमेन्ट राम्रो छ । हाम्रा २ वटा होटल उनीहरुले नै व्यवस्थापन हेरिरहेका छन्’ अग्रवालले भने, ‘व्यवस्थापन राम्रो गरेर लगानीकर्तालाई मुनाफा पनि दिलाएका छन् । यसकारण कमलादीमा हामीले ल्याएको युवा लक्षित होटलमा पनि मेरियटसँगै सहकार्य भयो । अब भक्तपूरमा आउने नयाँ होटलमा पनि उनीहरुसँगै सहकार्य हुन्छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै...

सुनको भाउमा भारी गिरावट

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...
spot_img