Friday, August 14, 2026
spot_img

 प्रिमियर डिष्टिलरीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

spot_img

प्रिमियर डिष्टिलरी लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) गर्ने भएको छ । यस निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ ।

कम्पनीले रु. १०० अंकित दरका २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा  माघ ६ गते काठमाडौं थापाथली स्थित प्रिमियर डिष्टिलरी लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।

वि.सं. २०६४ सालमा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना गरिएको प्रिमियर डिस्टिलरी लिमिटेड नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो, जसले भोड्का, ह्विस्की, रम र जिनका लागि आवश्यक अन्नमा आधारित ग्रेन – बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल (Grain Based Extra Neutral Alchohol GENA) उत्पादन गर्दछ । नेपालको सबैभन्दा आधुनिक स्वचालित बोटलिङ लाइन र उच्च गुणस्तरीय नियन्त्रण प्रणालीमार्फत सञ्चालन भइरहेको यस उद्योगले आफ्नै प्रयोगका साथै देशभरका अन्य बोटलिङ उद्योगहरूलाई पनि स्पिरिट आपूर्ति गर्दै आयातमा निर्भरता घटाई घरेलु आत्मनिर्भरतालाई सुदृढ बनाएको कम्पनीले जनाएको छ।

यस डिस्टिलरीमा “द हिमालयन रिजर्भ ” हिवस्की र भारतको मोहन मिकिन लिमिटेडसँग फ्रेन्चाइज सम्झौता अन्तर्गत उत्पादन गरिने “ओल्ड मड्ड रम” सहित अन्य वभिन्न मदिराका ब्रान्डहरू उत्पादन हुँदै आएका छन् । अत्याधुनिक प्रविधि, दिगो सञ्चालन पद्धति तथा ठूलो लगानीमार्फत प्रिमियर डिस्टिलरी लिमिटेडले नेपालको स्पिरिट्स उत्पादन क्षेत्रमा नयाँ मापदण्ड स्थापना गर्दै आएको कम्पनीले उल्लेख गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img