Monday, July 13, 2026
spot_img

चुनाव कसले जित्छ भनेर भईरहेको छ अनलाइन ‘बेटीङ’, हालसम्म १० हजार डलर लगानी

spot_img

नेपालमा फागुन २१ गते हुन गईरहेको चुनावबारे अन्तराष्ट्रिय स्तरमा अनलाइन बेटिङ भईरहेको पाइएको छ। विश्व कै ठूलो प्रेडिक्सन् मार्केट ‘पोलीमार्केट’मा नेपालको चुनावबारे अनलाइन बेटिङ भईरहेको पाईएको हो ।

क्रिप्टोककरेन्सीमा आधारित विश्वको सबैभन्दा ठूलो भविष्यवाणी बजार प्लेटफर्म पोलिमार्केटमा नेपालको आगामी प्रतिनिधिसभा चुनावको विजेतालाई लिएर रोचक बजार सञ्चालन खुलेको हो। यो बजारले फागुन २१ मा हुने भनिएको चुनावमा कुन पार्टीले सबैभन्दा बढी सिट जित्छ भनेर भविष्यवाणी गर्न अनुमति दिने गरेको छ।

यो समाचार तयारपार्दासम्म यस बजारमा कुल १० हजार २ सय ६ अमेरिकी डलरको व्यापार भएको छ। यो भविष्यवाणी बजार डिसेम्बर ८, २०२५ मा दिउँसो ३:५३ बजे (ईस्टर्न टाइम) मा सिर्जना गरिएको देखिन्छ। यो मार्च ५, २०२६ सम्म सञ्चालन हुनेछ, जुन चुनावको मिति हो।  बजारको समाप्ति नेपालको निर्वाचन आयोगको आधिकारिक नतिजामा आधारित हुने भनिएको छ। यदि सिटहरू बराबर भएमा, पार्टीको संक्षिप्त नामको वर्णमाला क्रमअनुसार निर्णय गरिने उल्लेख छ।

कसरी काम गर्छ ?
पोलिमार्केट एउटा विकेन्द्रीकृत प्लेटफर्म हो, जसमा प्रयोगकर्ताहरूले वास्तविक घटनाहरूको नतिजामा पैसा लगानी गरेर भविष्यवाणी गर्छन्। यो नेपाल चुनाव बजारमा विभिन्न पार्टीहरू जस्तै रास्वपा (RSP), नेपाली कांग्रेस (NC), नेकपा एमाले (CPN-UML), नेकपा एकीकृत समाजवादी (NCP), राष्ट्रिय प्रजातन्त्र पार्टी (RPP), लोकतान्त्रिक समाजवादी पार्टी (LSP) र राष्ट्रिय जनमुक्ति पार्टी (RJM) को विकल्पहरू छन्।

प्रयोगकर्ताहरूले “हो” (Yes) वा “होइन” (No) शेयरहरू किन्न सक्छन्। उदाहरणका लागि, यदि कसैलाई RSP ले सबैभन्दा बढी सिट जित्छ भन्ने लाग्छ भने “हो” शेयर खरिद गर्न सक्छन् । हाल शेयरहरूको मूल्य  ०.०१ डलर देखि  ०.९९ डलरसम्म रहेको छ ।

यो समाचार तयारपार्दासम्म हाल RSP को सम्भाव्यता ५७% प्रेडिक्ट गरिएको छ , र  हो भन्ने शेयर खरिद गर्न ५९ सेन्ट पर्ने भानिएको छ। त्यस्तै NC को २२% (होको शेयर मूल्य २४ सेन्ट), CPN-UML र NCP को ११% प्रत्येक, र अन्य पार्टीहरूको १% भन्दा कम छ ।

लगानी USDC (एक स्थिर क्रिप्टोकरेंसी) मार्फत पोलिगन ब्लकचेनमा गर्नु पर्ने उल्लेख छ। यो प्लेटफर्मले परम्परागत बुकीहरूको सट्टा भीडको सामूहिक बुद्धिमत्तालाई प्रयोग गर्ने बताईएको छ।

कति मानिसहरूले लगानी गरेका छन् र कुन रकम ?
हालसम्म यस बजारमा कुल १० हजार २ सय ६ डलर को व्यापार भएको देखिन्छ। पार्टीअनुसार विभाजन गर्दा RSP मा  २,४१९ डलर, NC मा १,७८२ डलर लगायत अन्यमा वितरण छ। कति जना प्रयोगकर्ताहरूले लगानी गरेका छन् भन्ने सङ्ख्या उपलब्ध छैन । यो बजारमा लगानी गर्नेहरू मुख्यतया क्रिप्टो कारोबारी रहेको बताईएको छ।

मानिसहरूले कसरी कमाउँछन् ?

यो भविष्यवाणी बजारलाई जुवाको रूपमा लिन सकिन्छ, किनकि प्रयोगकर्ताहरूले क्रिप्टोकरेंसी प्रयोग गरेर घटनाको नतिजामा दाउँ लगाउँछन्। तर यो सामान्य जुवाभन्दा फरक छ, किनकि यसले सूचना सङ्कलन र पूर्वानुमानलाई प्रोत्साहन गर्छ।

यदि कसैले सही विकल्पको शेयर किने  भने, घटना समाप्त हुँदा सही शेयरले  १ डलर प्रतिशेयर भुक्तानी दिन्छ, गलतले शुन्य डलर। उदाहरण: यदि कसैले RSP को “हो” शेयर ३० सेन्टमा किने र RSP जित्यो भने, प्रतिशेयर ७० सेन्ट नाफा हुन्छ। नतिजा नआउदै शेयर मूल्य बढ्यो भने शेयरहरू बेचेर पनि नाफा कमाउन सक्ने भनिएको छ।

यदि कम सम्भाव्यता भएको पार्टी जित्यो भने, कम मूल्यमा किनेको शेयरबाट ठूलो नाफा हुन सक्ने बताईएको छ (जस्तै १० सेन्टबाट १ डलर सम्म)। तर जोखिम पनि रहेको र गलत भविष्यवाणीले पूरै लगानी गुम्न सक्ने भनिएको छ।

कसले बनायो यो बजार ?
यो बजारको सिर्जनाकर्ता स्पष्ट रूपमा उल्लेख गरिएको छैन, तर यसलाई रिजोल्भर ठेगाना ०x२F५e३६८४c… ले व्यवस्थापन गरेको भनिएको छ, जुन ब्लकचेनमा आधारित विकेन्द्रीकृत पहिचान हो। पोलिमार्केटमा जोकोहीले यस्ता बजार सिर्जना गर्न सक्छन् । नेपालमा भने यस प्रकारका अनलाइन बेटिङ र भविष्यवाणी कानूनले नै प्रतिबन्ध गरेको छ।

के भन्छ आयोग ? 

निर्वाचन आयोगले भने यस्ता गतिविधि निर्वाचन ऐन र निर्वाचन आचारसंहिता विपरित हुने जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले  निर्वाचन ऐन र निर्वाचन आचारसंहिता विपरित कुनै गतिविधि भईरहेको पाईए जो कसैले पनि निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सक्ने र आयोगले आवश्यक कदम चाल्ने उनले उल्लेख गरे ।

तर पोलिमार्केट अन्तराष्ट्रिय संजालमा संचालित विकेन्द्रीकृत प्लेटफर्म भएकोले यसलाई नियन्त्रण गर्न कठिन हुने यस क्षेत्रका जानकारहरु बताउछन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबकम निःशुल्क कक्षा

नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल...

भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

नेपाली श्रमिकलाई भारतबाट विदेश पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका...

३.४६ अर्ब क्षतिपूर्ति माग गर्दै क्यानविरुद्द अदालत जाने हिमालय एयरलाइन्सको चेतावनी, डीजीलाई पठायो पत्र

निजी क्षेत्रबाट सञ्चालित नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी...
spot_img