Monday, August 3, 2026
spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो ठूलो शेयरधनी बन्यो हिमालयन रिइन्स्योरेन्स

spot_img

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ठूला शेयरधनीको रुपमा हिमालयन रिइन्स्योरेन्स भित्रिएको छ । आर्थिक वर्ष २०८१/८२ को अवधिमा हिमालयन रिइन्स्योरेन्सले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १० लाख कित्ता बढी शेयर खरिद गरेको हो ।

हाल कम्पनीमा हिमालयन रिइन्स्योरेन्सको १३.६१ प्रतिशत अर्थात् १० लाख २० हजार ५ सय ३० कित्ता शेयर स्वामित्व रहेको छ। कम्पनीमा दिपक भट्ट र एसजी फिनकर्पको समान १५/१५ प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता शेयर स्वामित्व रहेको छ।

त्यस्तै कम्पनीमा नेपबुल्स इन्भेष्टमेन्ट प्रालिको ८.०३ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीमा हुलास अटोक्राफ्ट प्रालि, राज बहादुर शाह, शुभम दुगडको समान ४ प्रतिशत शेयर रहेको छ ।

त्यस्तै मेटा इन्भेष्टमेन्ट कम्पनी प्रालिको १.६७ प्रतिशत, प्रिन्टसेल इमेजीङ प्रालिको १.४७ प्रतिशत, तथा सुलोचना अग्रवाल र लिला अग्रवालको समान १.३३ प्रतिशत शेयर स्वामित्व रहेको छ। यी बाहेक कम्पनीमा लिओन मोटर्स प्रालिको १.१३ प्रतिशत स्वामित्व रहेको छ भने लतिका गोल्यान, आकांक्षा गुप्ता, र शाक्षी बंसल गुप्ताको समान १ प्रतिशत स्वामित्व रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...

सिम्रिक एयरलाई पोखरामा पूर्णकालिन ‘स्काई डाइभ’को अनुमति

सिम्रिक एयरले पोखरामा पूर्णकालिन स्काई डाइभको अनुमति पाएको छ...
spot_img