Monday, May 25, 2026
spot_img

बन्दीपुर केवलकारको शेयर डिम्याट गराउन सम्झौता

spot_img
spot_img

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। कार्तिक २ गते सिडिएससी, निष्काशनकर्ता कम्पनी तथा शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।

अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।

कम्पनीले भदौ ११ देखि भदौ १५ गतेसम्म आम सर्वसाधारणलाई  ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेको थियो।  सो आईपीओ भदौ ३० गते सोमबार बाँडफाँड भएको थियो ।

कम्पनीले तनहुमा केवलकार र होटेल संचालन गरिरहेको छ। केवलकार मार्फत बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट बन्दीपुर मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिन्छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार २...

जापानले थाल्यो बिपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा आएको बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको...

नाफिजद्वारा आर्थिक पत्रकारहरूका लागि बजेट रिपोर्टिङ र सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम

बजेट भाषणको पूर्व सन्ध्यामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले...

सिन्धु विकास बैंकको सीइओमा गणेश कुमार केसी नियुक्त

सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट...

१० प्रतिशत लाभांश घोषणा गरेको स्वाभिमान लघुवित्तले अब लाभांश नदिने, माग्यो क्षमा

स्वाभिमान लघुवित्तले लाभांश नदिने भएको छ। यस अघि लघुवित्तको...

उद्योगी व्यवसायीले देश छोड्न थालेको चर्चा, पुँजी पलायनको जोखिम बढ्यो

नेपालका केही उद्योगी व्यवसायीहरु लगानीको वातावरण बिग्रदै गएको र...
spot_img