Sunday, August 2, 2026
spot_img

एथर एनर्जीले ल्यायो चाडपर्व अफर, यस्ता छन् सुविधा

spot_img

एथर एनर्जी नेपालले चाडपर्व अफर ल्याएको छ। यस अफरअन्तर्गत, ग्राहकहरूले एथर 450 सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा विशेष लन्च अफरहरू प्राप्त गर्ने र यसले उनीहरूको इलेक्ट्रिक यात्रालाई अझ स्मार्ट, सुरक्षित र लाभदायक बनाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस अफरमा निःशुल्क Eight70 ब्याट्री वारेन्टी, ०% ब्याजदरमा किस्ता सुविधा, न्यूनतम रु. ३०,००० को एक्सचेन्ज मूल्याङ्कन, रु. ८,००० को मूल्य थप सुविधा प्राप्त हुने छन् ।

अफरबारे वैद्य एनर्जी प्रा. लिका प्रमुख कार्यकारी अधिकृत सुर्यांश वैद्यले भने “एथर अफर वा छुटबारे होइन, नेपाली चाडपर्व नयाँ सुरुवात र परिवारको एकताको प्रतीक हो — यसलाई अझ अर्थपूर्ण बनाउने उत्तम तरिका भनेको भविष्यका लागि बनाइएको, सफा र स्मार्ट स्कूटरको साथमा यो पर्व मनाउनु हो।”

कम्पनीका अनुसार एथर 450 सिरिजमा शक्तिशाली परफर्मेन्स, तीव्र एक्सेलेरेसन, स्किडकन्ट्रोल सुरक्षा प्रणाली, र बुद्धिमान AtherStack सफ्टवेयरजस्ता अत्याधुनिक विशेषताहरू छन्। कम्पनीले यो केवल स्कूटर नभई उच्च प्रदर्शनयुक्त ईभी भएको जनाएको छ ।

NAIMA 2025 मा लन्च भएको एथर रिज्टा भारतमा निकै लोकप्रिय भइसकेको छ र अहिले नेपालमा पनि परिवारहरूको पहिलो रोजाइ बन्दै गएको कम्पनीले उल्लेख गरेको छ। यसको प्रमुख विशेषताहरूमा एकपटक चार्जमा १५९ किमी दूरी,   ५६ लिटरको विशाल स्टोरेज – वर्गमै सबैभन्दा ठूलो, ७-इञ्च टीएफटी स्मार्ट डिस्प्ले – सहज नेभिगेशन र कनेक्टिभिटीका लागि , आरामदायी डिजाइन – प्रत्येक पारिवारिक यात्रालाई तनावमुक्त बनाउने लगायत रहेको कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...
spot_img