Monday, July 27, 2026
spot_img

शोक मनाउन बुधबार सार्वजनिक विदा, राष्ट्रिय झण्डा आधा झुकाईने

spot_img

सरकारले भोलि असोज १ गते सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको भदौ ३० गते बसेको बैठकले २०८२ भाद्र २३ र २४ गते जेन जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सोहि अनुसार आज गृह मन्त्रालयले यसबारे सूचना सार्वजनिक गरेको छ। जसमा बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने भनिएको छ।

भदौ ३० को मन्त्रिपरिषदको बैठकले जेन जी आन्दोलनसँग समबन्धित निम्न ८ वटा निर्णय गरेको थियो ।

१. आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने,

२. मृतकको राष्ट्रिय सम्मानको साथ अन्त्यष्टि गर्ने,

३.  असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक विदा दिने ।

४. मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्चको लागि ५ लाख गरि कुल १५ लाख क्षतिपूर्ति दिने,

५. घाइतेहरुको निशुल्क उपचार गर्ने,

६. शव सम्बन्धित ठाउँमा लैजान निशुल्क यातायात (दुर्गममा हेलिकप्टर) सेवा उपलब्ध गराउने,

७. मृतक भएकाहरुको स्मरणमा जेनजी जागरण स्मरण पार्क बनाउने,

८. जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img