Monday, July 27, 2026
spot_img

ग्यासको आयात रोकियो, स्टकले कति दिन धान्ला ?

spot_img

जेनजीको आन्दोलन पश्चात नयाँ सरकार बन्न नसक्दा अहिले मुलुक सरकार बिहिनको अवस्थामा छ । यस्तो अवस्थामा खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल हाहाकार हुन सक्ने भन्दै उपभोक्ताहरु त्रसित भएका छन् ।

उपत्यकाका निजी पेट्रोलपम्पहरु करिब करिब सबै बन्द अवस्थामा छन् । बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म र साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्म मात्रै पेट्रोल पम्पहरु खुल्दै आएका छन् ।

यता, नेपाल आयल निगमका अनुसार भने अहिले भारतबाट ग्यासको आयात रोकिएको छ । आन्दोलनभन्दा पहिले नै भन्सार पास भएका ग्यासका बुलेटहरु नेपाल आइरहेपनि नयाँ बुलेटहरु आउने क्रम रोकिएको छ ।

तर, आयल निगमले पेट्रोलियम पदार्थ अभाव भने नरहेको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुने भएकाले अभाव हुने अवस्था छैन । अहिले नै ग्यास, हवाई इन्धन र पेट्रोलियम पदार्थ अभाव हुन्छ भन्ने हल्लामा सत्यता नरहेको उनको भनाइ छ ।

तर, अहिले उद्योगीहरुसँग भएको खाना पकाउने ग्यासको स्टकले भने ५ दिनलाई मात्रै पुग्ने अवस्था छ । उद्योगीहरुले सेनालाई भारतबाट ग्यास ल्याउने गाडीलाई सहजीकरण गरिदिन अनुरोध गरेका छन् ।

नेपालमा दैनिक १ लाख सिलिण्डर खाना पकाउने ग्यासको माग छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img