Thursday, July 16, 2026
spot_img

महासंघले भन्यो, ‘राजश्वको सदुपयोगबारे युवाको चासो जायज, मानवीय क्षति हुनु दुःखद’

spot_img

मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धान्जली अर्पण गर्दै महासंघले घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ ।

महासंघले मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन सरकार, राजनीतिक दल लगायत सम्बन्धित सबैमा आग्रह पनि गरेको छ ।

‘मुलुकमा थप निराशा र अशान्तिको वातावरण कही कतैबाट पनि सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलन र त्यसक्रममा अनावश्यक वल प्रयोग नहुने तर्पm पनि महासंघ सम्वद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छ’ महासंघले भनेको छ ।

सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव हुने भन्दै महासंघले आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न समेत महासंघले माग गरेको छ ।

युवाहरुको चाहना अनुरुप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गर्न पनि महासंघले अपिल गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पुँजीबजार नीति कार्यान्वयनको लागि नेप्से र CDSC लाई कार्ययोजना पेश गर्न सेबोनको निर्देशन

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय

आज असार ३२ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न...

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...
spot_img