Tuesday, August 18, 2026
spot_img

राष्ट्र बैंकद्वारा शेयर धितो कर्जामा नयाँ व्यवस्था, के पर्छ प्रभाव ?

spot_img

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले बुधबार साँझ निर्देशन जारी गर्दै शेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको हो।

नयाँ व्यवस्था अनुसार धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सबलताको आधारमा कर्जा प्रवाहको लागि बैंक तथा वित्तीय संस्थाले Product Paper बनाउँदा विभिन्न ६ विषय समावेश गरी संस्थाको सबलता मूल्यांकन गर्ने विधि अवलम्बन गर्नुपर्नेछ । सबलता मूल्यांकनको आधारमा उच्च मूल्यांकन हुने संस्थाको शेयरको कर्जा ऋण–मूल्य अनुपात (LTV) मा थप १० प्रतिशतसम्म अर्थात् अधिकतम ८० प्रतिशतसम्म सुविधा दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

संस्थाको सबलता मूल्यांकन गर्दा चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समयावधि, क्रेडिट रेटिङ्ग,नियामकीय व्यवस्थाको पालना, नियमित साधारणसभा सम्पन्न भए÷नभएको विषय समावेश गर्नु पर्ने छ। र यस्तो product Paper बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार यस नयाँ व्यवस्थाले राम्रो कम्पनीका शेयरमा ऋण प्रवाह बढ्ने र शेयर बजारमा तरलता सुधार हुन सक्ने सम्भावना छ। साथै बैंकहरूले जोखिम आधारित मूल्यांकन प्रणाली पनि विकास गर्नुपर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img