Tuesday, August 18, 2026
spot_img

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत भएको छ। आज बिहिबार कम्पनीको ३० लाख कित्ता शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएपछि शुक्रबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। शुक्रबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३००  रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (ECL) सिम्बलबाट कारोबार हुने छ।

कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

२०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले नेपाली बजारमा रङ्ग उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ । कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक ईमल्सन पेन्ट्स र प्राईमर, ईनामेल पेन्ट्स, काठ र धातु प्राईमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरु आदि उत्पादन गर्दै आईरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img