Friday, July 24, 2026
spot_img

मन्त्रीखड्काद्वारा देशकै सबभन्दा ठूलो अन्तर्देशीय प्रसारण लाइनको स्थलगत निरीक्षण

spot_img

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठूलो विद्युत् सब स्टेशनको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री खड्काले सब स्टेशनबाट प्रवाह भैरहेको अन्तर्देशीय प्रसारण लाइनको अवस्था बारेमा विस्तृत जानकारी लिएका छन्।

मन्त्री खड्काले ढल्केवर ग्रीड सब स्टेशनका प्रमुख सूर्यनारायण मण्डलसँग छलफल गर्दै प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक कदमहरूको सन्दर्भमा निर्देशन पनि दिएका थिए। उनले विद्युत आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने निर्देशन दिए।

मन्त्री खड्काले ढल्केबर विद्युत सब स्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई ध्यानमा राख्दै उपयुक्त निर्णयहरू लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

निरीक्षण भ्रमणमा नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव र अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए। भ्रमणले विद्युत प्राधिकरणको योजनाहरू र सम्भावित सुधारका उपायहरूलाई थप स्पष्ट र कार्यान्वयनयोग्य बनाउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img