Thursday, April 30, 2026
spot_img
spot_img

ट्रक, टिप्पर, ट्र्याक्टरधनीले अनिवार्य प्यान लिनु पर्ने

spot_img
spot_img

आन्तरिक राजस्व विभागले ढुवानीका साधन धनीहरुलाई अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिन आग्रह गरेको छ ।ढुवानीका साधन ( ट्रक, टिप्पर, ट्र्याक्टर आदि) को धनी स्वयंले प्यान लिनु पर्ने विभागले जनाएको छ ।

विभागका अनुसार आयकर नियमावली, २०५९ को नियम २३ मा निर्धारणयोग्य आय आर्जन गर्न चाहने ब्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनु पर्ने भनी तोकेको वा आयकर ऐन, २०५८ को परिच्छेद- १७ अन्तर्गत करकट्टी गर्नु पर्ने जुनसुकै ब्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर लिनु पर्ने ब्यवस्था रहेको छ ।

ढुवानीका साधन ( ट्रक, टिप्पर, ट्र्याक्टर आदि) को धनी स्वयंले ढुवानी व्यवसाय सञ्चालन गरेका केही व्यवसायी र ढुवानीका साधन धनी स्वयंले ढुवानी व्यवसाय सञ्चालन नगरी अर्को व्यक्ति वा संस्थालाई भाडामा उपलब्ध गराउने गरेका केही ढुवानी साधनका धनीहरुले हालसम्म पनि स्थायी लेखा नम्बर नलिएको भन्ने जानकारी विभागमा आएकोले यथासिघ्र स्थायी लेखा नम्बर लिई कारोवार गर्न विभागले आग्रह गरेको छ ।

उल्लिखित कानूनी व्यवस्थाको बर्खिलाप गरी कारोवार गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने विभागले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको...

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँदै RPGCL, निजी क्षेत्रबाट ३ कम्पनी छनौट

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले सार्वजनिक निजी...

किष्ट हस्पिटलमा किर्तीमानी १५औँ पटक कलेजो प्रत्यारोपण

किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा...

आज पनि सस्तियो सुन, कति छ बजार भाउ ?

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला...

महासंघको एसोसियट तर्फका लागि यस्तो बन्यो ‘टिम ज्योत्सना’: चन्द्र ढकालका छोरासमेत समूहमा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फकी उपाध्यक्ष उम्मेदवार...

५६.६२ प्रतिशत हकप्रद निकाल्न खोजेको दोर्दी खोलालाई २८.८० प्रतिशतको मात्रै स्वीकृति

विद्युत नियमन आयोगले अनुपात घटाएर दोर्दी खोला जलविद्युत कम्पनीलाई...
spot_img