Wednesday, April 22, 2026
spot_img
spot_img

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

spot_img
spot_img

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर यातायात प्रा.लि.ले असार ३२ गतेबाट विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले असार ३२ गतेबाट १२ वटा ठूला विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो ।

प्रा.लि.बाट पब्लिक कम्पनीमा रुपान्तरण हुने र सर्वसाधारणलाई समेत आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो । कम्पनीका अध्यक्ष शन्तोष खतिवडाका अनुसार पहिलो चरणमा १२ वटा ठूला विद्युतीय गाडी सञ्चालनमा ल्याउन लागिएको हो ।

महानगर यातायातले सञ्चालनमा ल्याउन लागेका विद्युतीय बसको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गर्ने तय भएको छ ।

चेरी वन्डाले बनाएका यी बसले एकपटक ६८ जनासम्म यात्रु बोक्ने छन् । १४४.९२ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा आएका यी गाडीहरु एक पटकको फूल चार्जमा ३९२ किलोमिटर कुद्ने जनाइएको छ । कम्पनीले कलंकीमा चार्जिङ स्टेशन पनि बनाइरहेको छ ।

यी बसको ग्राउण्ड क्लियरेन्स ३८५ एमएम छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img