नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ ।
हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पु¥याएको नाडाले जनाएको छ। यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएको छ ।
नाडाले भनेको छ ‘आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दर्छौं ।’
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहदै आएको जनाएको छ । पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा नाडाले ऐक्यबद्धता जनाएको छ।
यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउन नाडाले सम्बन्धित सवैमा अनुरोध गरेको छ। यो संकटको घडीमा सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्न नाडाले आग्रह गरेको छ।
यो पनि : रसुवागढी भन्सार यार्डमा राखिएका १५० युनिट गाडी बाढीले बगायो













