Monday, August 3, 2026
spot_img

शार्क ट्यांकको पहिलो एपिसोडबाटै उद्यमीले लगे ४ करोड २० लाख, कसले कति पाए ?

spot_img

विश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ बुधबारबाट सुरु भएको छ । नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले असार १८ गते बुधबार पहिलो सिजनको पहिलो एपिसोड प्रसारण गरेको हो। हरेक बुधबार र विहिबार यसको प्रसारण हुने छ। पहिलो सिजनमा कुल २० वटा एपिसोड रहेका छन् ।

पहिलो एपिसोडमा कुल ४ व्यवसायले शार्कहरु सामु बिजनेशबारे प्रस्तुति दिएका दिएका थिए । जसमा ३ वटाले डिल अर्थात् लगानी पाएका छन् भने एउटा बिना डिल फर्किएको छ ।

पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुवन्ध छन् ।

पहिलो एपिसोडमा क-कसले लगानी पाए, कसले पाएनन् ?

१. भोला फुड्स 

भोला फुड्सले विभिन्न व्यक्ति तथा कर्पोरेट ग्राहकलाई टिफिन सेवा प्रदान गरिरहेको छ । यसले ५ मिनेट मै गाजरको हलुवा बनाउने प्रविधि ल्याएको पनि जनाएको छ । साथै अब खानेकुरा प्याकेजीङ गरेर बेच्ने योजना बनाएको छ । भोला फुड्सकी सह संस्थापक त्तहा सीईओ श्वेता पाण्डे धिताल हुन् । उनले व्यवसाय विस्तारको लागि १२ प्रतिशत शेयर दिने गरि ८५ लाख रुपैयाँ माग गरेकी थिईन् । जसमा शार्कहरु हेमराज ढकाल, क्याविनेट श्रेष्ठ, आनन्द बगरिया, र शौरभ ज्योतिले कुल मिलाएर २० प्रतिशत शेयरको लागि १ करोड लगानी गरेका छन् । अर्थात् उनीहरु सबैले २५ लाख दिएर ५ प्रतिशत शेयर लिएका छन् ।

२. सन्ध्या पोते हाउस 

सन्ध्या पोते हाउसकी संस्थापक सन्ध्या गैरे पौडेल हुन् । उनले पोतेको विभिन्न सामग्री बनाएर सिधै ग्राहकहरुलाई बिक्री गर्ने गरेकी छिन् भने महिलाहरुलाई यसबारे तालिम दिने पनि गरेकी छिन् । उनले अनलाइन मार्फत सामाग्री बिक्री गर्ने गरेकी छिन् । उनले आफ्नो व्यवसाय विस्तार गर्नको लागि ३५ प्रतिशत शेयर दिएर २० लाख माग गरेकी थिइन् । जसमा शार्क क्याबिनेट श्रेष्ठले ३५ प्रतिशत शेयर लिएर २० लाख लगानी गरेका छन् । शार्क क्याबिनेट श्रेष्ठले नाफा बाड्ने र ३ वर्षपछि एक्जिट हुने गरि सो रकम लगानी गरेका हुन् ।

३. एलिट्रा डिआरपी इन्टरप्राइज

यसका संस्थापक अरुण राठौर र सुष्मिता पौडेल हुन् । उनीहरुको कम्पनीले भारतमा उत्पादन भएर कस्मेटिक सामग्रीलाई नेपालमा बजारीकरण गरेर नेपालमा बिक्री गर्दै आएको छ । उनीहरुले व्यवसायलाई विस्तार गर्नको लागि १० प्रतिशत शेयर दिएर १ करोड रकम लगानी गर्न शार्कहरुलाई आह्वान गरेका थिए । तर शार्कहरुले उनीहरुको बिजनेश मोडल मन पराएनन्। उनीहरुले बिना ठोस प्रमाण अरुको उत्पादनलाई नराम्रो भनेर आफ्नो उत्पादन राम्रो भनेकोमा शार्कहरुले चित्त बुझाएनन् । र एलिट्रा इन्टरप्राइजले कुनै डिल पाएन।

४. आर्ट माया एक्जिम 

यो कम्पनी पलक कुमारी र कौशल गोयलले सुरुवात गरेका हुन् । उनीहरु दम्पति हुन् ।  कम्पनीले इन्टिरियर डिजाइन र फर्निचर उत्पादनको कार्य गर्दै आएको छ। उनीहरुले नेपाल सुहाउँदो फर्निचर आफैले डिजाइन गरेर आफै उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।  उनीहरुले आफ्नो उत्पादन जर्मनीमा समेत निर्यात गरिसकेको बताएका छन् ।  व्यवसाय विस्तारको लागि उनीहरुले शार्क समक्ष ६ प्रतिशत शेयर दिएर १ करोड रकमको माग गरेका थिए।

३ जना शार्कहरुले ३० प्रतिशत शेयरको लागि ३ करोड दिने प्रस्ताव गरेका थिए।  तर उनीहरुले २५ प्रतिशत मात्र शेयर दिन सकिने भन्दै काउन्टर अफर गरेका थिए।  तर कोहि पनि शार्कले  आफुले १० प्रतिशत शेयरबाट नघट्ने भएपछि उनीहरुले ३० प्रतिशत कै डिल लिएका हुन्।

अर्थात् १ करोडको माग गरेका उनीहरु ३ करोड लिएर फर्किएका छन् । शार्कहरु हेमराज ढकाल, क्याबिनेट श्रेष्ठ, र सौरभ ज्योतिले ३० प्रतिशत शेयरको लागि ३ करोड रकम लगानी गरेका हुन् ।  अर्थात् यी ३ शार्कले समान १-१ करोडको लागि समान १०-१० प्रतिशत शेयर लिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...

सिम्रिक एयरलाई पोखरामा पूर्णकालिन ‘स्काई डाइभ’को अनुमति

सिम्रिक एयरले पोखरामा पूर्णकालिन स्काई डाइभको अनुमति पाएको छ...
spot_img