Wednesday, April 22, 2026
spot_img
spot_img

गोल्छासहित ४ जनाले नाडामा स्पष्टिकरण बुझाउँदै सोधे, ‘विधान विपरित पत्र काट्ने अधिकार कसले दियो ?’

spot_img
spot_img

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालभित्रको विवाद स्पष्टिकरण सोध्ने र बुझाउनेसम्म पुगेको छ । केही समयअघि वरिष्ठ उपाध्यक्ष (सदस्यमा घटुवा गरिएका) आकाश गोल्छा पक्षले पत्रकार सम्मेलन गरेर अध्यक्ष करण चौधरीले एकलौटी रुपमा संस्था चलाउन खोजेको र साधारणसभाबाट चुनिएका वरिष्ठ उपाध्यक्ष र सदस्यहरुलाई विधान विपरित सदस्यमा झारिदिएको विषयमा आपत्ति जनाएका थिए ।

उनीहरुले अध्यक्षले मनोमानी गर्न नछोडे अविश्वासको प्रस्ताव ल्याउने, विशेष साधारणसभा माग गर्ने र अध्यक्षले बहुमत सदस्यको माग बमोजिम काम नगरे कालोमासो दल्ने सम्मको चेतावनी दिएका थिए ।

त्यसपछि अध्यक्ष चौधरीले आकाश गोल्छा, सुनिल रिजाल, प्रदीपमान प्रधान र सन्जय खेतानलाई स्पष्टिकरण सोधे । महासचिव सुरेन्द्र कुमार उप्रेतीमार्फत असार ३ गते सोधिएको स्पष्टिकरणमा चारै जनालाई लिखित स्पष्टिकरण पेश गर्न भनिएको थियो । उनीहरुलाई सात दिनभित्र लिखित प्रष्टिकरण पेश गर्न भनिएको थियो ।

स्पष्टिकरण सोधिएको पत्र

त्यसपछि असार ९ गते चारै जनाले स्पष्टिकरण बुझाएका छन् । गोल्छा, रिजाल, प्रधान र खेतानले स्पष्टिकरण बुझाउँदै उल्टै प्रश्न गरेका छन् । जवाफमा उनीहरुले नाडाको विधान नै अध्ययन नगरी आफूहरुलाई स्पष्टिकरण सोधिएको भन्दै उल्टै विधानको उलङ्घन गरेको कसुरमा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

कार्यसमिति बैठक बिना नै अधिकार क्षेत्रभन्दा बाहिर गएर स्पष्टिकरण सोधिएको भन्दै उनीहरुले त्यसको कुनै औचित्य नरहेको समेत दाबी गरेका छन् । ‘यसरी स्पष्ट रुपमा विधानको उलङ्घन गर्दै गरिएको कार्यका लागि तपाई स्वयम् माथि नै कारबाहीका लागि हामीले कार्यसमितिमा प्रस्ताव किन नलाने ?’ जवाफमा महासचिवलाई उल्टै प्रतिप्रश्न गरिएको छ ।

स्पष्टिकरणको जवाफ

यसअघि नाडाले सोधेको स्पष्टिकरणमा गोल्छा र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यबाट हटाउने र प्रधान र खेतानलाई ६ महिनाका लागि निलम्बन गर्ने चेतावनी दिइएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img