Wednesday, April 22, 2026
spot_img
spot_img

पारामाउण्टले घटायो एमजीका स्पेयर पार्ट्सको मूल्य

spot_img
spot_img

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक तथा आयातकर्ता कम्पनी पारामाउन्ट मोटर्स प्रा.लि.ले ग्राहकहरूको लागि उत्कृष्ट बतभच(क्बभिक सर्भिस अर्थात बिक्री पछिको सेवा प्रदान गर्ने प्रतिवद्धता पुनः दोहोर्‍याएको छ । कम्पनीले एकैपटक १ सय भन्दा बढी स्पेयर पार्ट्सहरूको मूल्य औसतमा ३० प्रतिशतका दरले घटाएको हो ।

एमजीका सबै ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा अनुसार कम्पनीले स्पेयर पार्ट्सहरूको मूल्य घटाएको जनाएको छ ।

कम्पनीले विश्वास र गुणस्तरमा आधारित ब्रान्डको रूपमा एमजी मोटर्स रहेको र यसअनुसार ग्राहकहरूको बढ्दो अपेक्षा सहज गराउँदै किफायती सेवा प्रदान गर्ने प्रयास गर्दै आएको बताएको छ । यो उद्देश्यका साथ पारामाउन्ट मोटर्सले आफ्नो लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरी एमजीको आपूर्ति श्रृंखलासँग समन्वय गरेर खर्च घटाएको र यसको फाइदा सिँधै ग्राहकहरूलाई पुग्ने कम्पनीको विश्वास छ ।

एमजी मोटर्स नेपालले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ । काठमाडौँ उपत्यकामा ३ वटा पूर्ण सुविधायुक्त सर्भिस सेन्टर र देशभर फैलिएको डिलरशिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सर्भिस सेन्टरको साथ कम्पनीले ग्राहकहरूलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको जनाएको छ ।

‘एमजी मोटर्स नेपालमा हाम्रा ग्राहकहरूको विश्वासले नै हाम्रो निर्णयहरूलाई मार्गदर्शन गर्छ’ पारामाउण्टका प्रवक्ताले भने, ‘हामीले स्पेयर पार्ट्सको मूल्य घटाउनु र सेवा पहुँच विस्तार गर्नु केवल ग्राहकहरूको अपेक्षा पूरा गर्ने मात्र होइन, तर यसलाई अझै बढाउने प्रयास हो । यो केवल सुरुवात हो र हामी अझै थप लागत घटाएर स्पेयर पार्ट्सको मूल्यमा संशोधन गर्न निरन्तर प्रयासरत छौं ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img