Saturday, May 2, 2026
spot_img
spot_img

कारोबार सुरु भएको १ मिनेट २० सेकेण्ड मै शेयरबजारमा सर्किट ब्रेक

spot_img
spot_img

शेयर बजार परिसूचक नेप्से  ४ प्रतिशतले  बढेपछि आज बजारमा पहिलो सर्किट ब्रेक लागेको छ। ११ बजेर १ मिनेट २० सेकेन्ड हुँदा बजार ४ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । अब  कारोबार २० मिनेटपछि सुरु हुने छ ।

यो समाचार तयार पार्दासम्म सूचक ८२.४८ अंकले बढेर २१३५.८७ को बिन्दुमा पुगेको छ । आज मंगलबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से  सूचक ३२.४४ अंकले बढेर २०८५.८२ को बिन्दुमा पुगेको थियो।

हालको सत्ता समीकरण फेरबदल भएर एमाले र कांग्रेस सम्मिलित सरकार बन्ने सहमति राजनीतिक वृत्तमा भएपछि शेयर लगानीकर्ता उत्साहित भएका छन् । एमालेले अर्थ मन्त्रालय पाउने सहमति भए पछि फेरी एमालेबाट विष्णु पौडेल अर्थमन्त्री हुने बजार चर्चा छ। उनी शेयर बजारले अत्यधिक रुचाएका अर्थ मन्त्री हुन् ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img