Tuesday, June 23, 2026
spot_img

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सम्पूर्ण प्रक्रिया रद्द गरेपछि अध्यक्षको लागि आवेदन दिएका सन्तोष नारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनले सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिममा आएर सिफारिस समितिले प्रक्रिया रद्द गर्नु उचित्त नदेखिएको भन्दै रिट दायर गरेका हुन् ।

रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा , महान्यायाधिवक्ताको कार्यालय, नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति, सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. मधु कुमार मरासिनी र उदय निरौलालाई विपक्षी बनाएका छन् ।

यस रिटको पेशी असार १८ गते मंगलबारलाई तोकिएको छ।

गत शुक्रबार सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सिफारिस समितिले सर्टलिस्ट गरेका ५ उम्मेदवारमध्ये २ जना मात्रै अन्तर्वार्तामा सहभागी भएपछि प्रक्रिया नै अन्योलमा थियो । यस विषयमा महान्यायाधिवक्ताको कार्यालयले २ जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने राय दिएपछि छनोट समितिले प्रक्रिया रद्द गरेको हो ।

धितोपत्र सम्बन्धी ऐनको दफा ७ मा अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...

लालीगुराँस र आइडियल यमुना सहकारीका थप ७० जना बचतकर्ताको बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना...

पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ...

बुद्धभुमि नेपाल हाइड्रोपावरले लिलामीमा ल्याएको शेयरको अन्तिम कटअफ मूल्य कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको अन्तिम...

महासंघमा विषयगत समितिको नेतृत्व टुङ्गियो, कसले कुन जिम्मेवारी पाए ?

नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समिति तथा परिषदमा सभापति...
spot_img