Friday, June 26, 2026
spot_img

विकास बैंक मध्ये सर्वाधिक नाफा कमाउनेमा गरिमा र मुक्तिनाथ अगाडी, कुनको कति ?

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरु मध्ये सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक रहेका छन् । यस अवधिमा गरिमाले ७३ करोड ३४ लाख खुद नाफा कमाएको छ भने मुक्तिनाथले ७२ करोड ४८ लाख खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा गरिमा विकास बैंकको खुद नाफा ७.३२ प्रतिशतले बढेको छ भने मुक्तिनाथ विकास बैंकको खुद नाफा १६.८६ प्रतिशत घटेको छ।

यी दुईपछि धेरै नाफा कमाउनेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् । यी दुई बैंकको खुद नाफा क्रमश ५१ करोड ४० लाख ४९ करोड ३१ लाख रहेको छ।

प्रतिशतको आधारमा भने कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा सर्वाधिक १०३.८२ प्रतिशत बढेको छ भने ज्योति विकास बैंकको खुद नाफा १०१.१४ प्रतिशत बढेको छ। त्यस्तै शांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ६१.१९ प्रतिशत तथा कामना सेवा विकास बैंकको खुद नाफा ४८.८३ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा घाटामा रहेको सिन्धु विकास बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा पुगेको छ। बैंकले यस अवधिमा ७ करोड ८४ लाख खुद नाफा कमाएको छ।

यस अवधिमा लुम्बिनी विकास बैंकको खुद नाफा सर्वाधिक ८५.४५ प्रतिशत घटेको छ भने मुक्तिनाथ विकास बैंकको नाफा १६.८६ प्रतिशत घटेको छ।

एक्सेल डेभलपमेन्ट र नारायणी डेभलपमेन्ट बैंक भने घाटा मै रहेका छन् ।

हेर्नुस् कुनको नाफा/घाटा कति ? 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img