Friday, May 8, 2026
spot_img
spot_img

सांसदले खुला अर्थतन्त्रको महत्त्व बुझेनन्, उद्योगी ब्यापारीलाई गाली गर्नु ठिक होइनः उद्योगमन्त्री

spot_img
spot_img

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनप्रतिनिधिमा खुला अर्थतन्त्रबारे जानकारी कम हुँदा निजी क्षेत्रले गाली खाने परिस्थिति बनिरहेको टिप्पणी गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको श्रम रोजगार सम्मेलनका क्रममा मन्त्री भण्डारीले जनप्रतिनिधिले खुला अर्थतन्त्रको बारेमा कम जानकारी राख्दा उद्योगी व्यवसायीहरुलाई तथानाम गाली गर्ने र बेइज्जती गर्ने काम भइरहेको बताएका हुन् ।

निजी क्षेत्रलाई तथानाम गाली गर्ने र बेइज्जती गर्ने काम जनप्रतिनिधिहरुबाटै हुने गरेको बताउँदै उनले जसका कारण निजी क्षेत्रको मनोबल केही मात्रामा गिरेको बताए । आत्मनिर्भर हुँदै निर्यात समेत सुरु गरिसकेको सिमेन्ट उद्योगले बजार मागअनुसारको मूल्य थपघट गर्दा सिण्डिकेटको आरोप लगाएर सांसदले नै जथाभावी बोलिदिँदा निजी क्षेत्रको मनोबल गिरेको मन्त्री भण्डारीको भनाइ छ ।

‘हामी जनप्रतिनिधिले सरकारको पक्ष र प्रतिपक्षमा रहँदाको बोलीमा फरक हुँदा निजी क्षेत्रले समस्या भोगिरहेको छ। जो जहाँ रहे पनि एउटै धारणा बनाएर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘रोजगारी सिर्जना गर्ने प्रमुख निकाय नै निजी क्षेत्र हो, अहिलेको सरकारले निजी क्षेत्रको लगानीको पूर्ण सुरक्षाको ग्यारेन्टी लिने गरि काम गरिरहेको छ, यसतर्फ सरकार गम्भीर भएर लागेको छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img