Monday, August 31, 2026
spot_img
spot_img

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, एफपीओ पर्नेले पाउने कि नपाउने ?

spot_img

स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको फागुन २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.८९३८२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३१२५ प्रतिशत नगद लाभांश गरि कुल १४.६२५०७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ।

कम्पनीले हालै एफपीओ पनि निष्काशन गरेको छ। कम्पनीका अनुसार यदि लाभांशको लागि बुक क्लोज मिति अगावै सो एफपीओको शेयर सूचीकृत भएमा एफपीओ पर्नेले पनि कम्पनीको लाभांश पाउने छन् । त्यस्तो अवस्थामा कम्पनीको पुँजी बढ्ने भएकोले लाभांश दर घट्ने छ। एफपीओ पर्नेले पनि लाभांश पाउने अवस्था आएमा लाभांश दर बोनस १३.६० प्रतिशत र नगद लाभांश ०.७१ प्रतिशत गरि कुल लाभांश १४.२१ प्रतिशत कायम हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढी पीडितलाई रामेछापका व्यवसायी थापाको ५ लाख ११ हजार सहयोग

रामेछापका व्यवसायी श्याम थापाले रसुवा (भोटेकोशी) बाढी पीडितका लागि...

सूर्यकुण्ड हाइड्रोको आयोजना सुरक्षित, विद्युत उत्पादन भने बन्द

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो ११ मेगावाटको माथिल्लो तांदीखोला...

आज पनि सस्तियो सुन

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार...

पशुपति रिन्यूएबल्सको साधारणसभा आह्वान, १०.३४ प्रतिशत लाभांश प्रस्ताव

पशुपति रिन्यूएबल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

 नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार...