स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको फागुन २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.८९३८२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३१२५ प्रतिशत नगद लाभांश गरि कुल १४.६२५०७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ।
कम्पनीले हालै एफपीओ पनि निष्काशन गरेको छ। कम्पनीका अनुसार यदि लाभांशको लागि बुक क्लोज मिति अगावै सो एफपीओको शेयर सूचीकृत भएमा एफपीओ पर्नेले पनि कम्पनीको लाभांश पाउने छन् । त्यस्तो अवस्थामा कम्पनीको पुँजी बढ्ने भएकोले लाभांश दर घट्ने छ। एफपीओ पर्नेले पनि लाभांश पाउने अवस्था आएमा लाभांश दर बोनस १३.६० प्रतिशत र नगद लाभांश ०.७१ प्रतिशत गरि कुल लाभांश १४.२१ प्रतिशत कायम हुने छ।