Tuesday, September 1, 2026
spot_img

नेपाल हाइड्रो डेभलपर लिमिटेडको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

spot_img

नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २५ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक वित्तीय विवरण ( वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३. लेखा परीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. ३५,९४,४१,३५५/- को ०.४२ प्रतिशतका दरले हुन आउने रु. १५,१३,४३७ / २८ बराबरको नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

ख. विशेष प्रस्ताव :

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८० / ०८१ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रु. २,८७,५५,३०८ ४० बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. बोनश शेयर निष्काशन प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने तथा सोही अनुरुप प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने ।

३. बोनश शेयर जारी गर्ने लगायतका कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, लगायतका नियमनकारी निकायका निर्देशन बमोजिम कम्पनीको स्वीकृत प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन गर्नुपर्ने भएमा गर्न वा अन्य आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एप्पल सीइओको रुपमा कुकको १५ वर्षे कार्यकाल अन्त्य, शेयरधनीलाई २७०० प्रतिशत प्रतिफल

प्रविधि कम्पनी एप्पल इन्कर्पोरेटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम...

काठमाडौँ बाहिरै ग्यास रिफिलिङः ढुवानीमा सकस, लागत पनि बढ्यो

पृथ्वी राजमार्ग भासिएपछि काठमाडौँको लाइफलाइन करिब करिब टुटेको छ...

बाढी प्रभावितको लागि इप्पानद्वारा १३ करोड १ रुपैयाँ सहयोग

२०८३ साल भदौ १० गते भोटकोशी नदीमा आएको महाविपत्तिका...

भोटेकोशी बाढीले ४० किलोमिटर सडक ध्वस्त

भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक पूर्णरुपमा...

बाढी प्रभावितको लागि बिजी ग्रुपद्वारा १ करोड २ लाख सहयोग

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका...

उपहार विजेता घोषणा कार्यक्रम स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको...