आज बिहिबार नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ १६ पैसा पुग्दै डलर हालसम्मकै महँगो बनेको हो।
यो भनेको १ डलर पाउनको लागि १३५ रुपैयाँ १६ पैसा नेपाली रकम खर्च गर्नु पर्छ । अर्थात् एक डलर साट्नको लागि अब अहिलेसम्मकै धेरै पैसा तिर्नु पर्छ । यसलाई अर्को भाषामा भन्दा नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ।
राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर भने १३४ रुपैयाँ ५६ पैसा तोकेको छ । यो राष्ट्र बैंकले खरिद गर्ने मूल्य हो ।
अमेरिकामा डोनाल्ड ट्रंपले राष्ट्रपतिको चुनाव जितेसंगै त्यसको प्रभावको कारण डलर थप मजबुत हुँदै डलरको मूल्य बढेको हो । डलरको मूल्य बढेर हालसम्म कै उच्च हुँदा नेपाली रुपैयाँ हालअसम्मा कै कमजोर बनेको छ।
डलरको मूल्य बढ्दा कसलाई के फाईदा ?
डलरको मूल्य महँगो हुँदा कसलाई फाईदा हुन्छ भने कसैलाई घाटा हुन्छ। सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। डलरको मूल्य महँगो हुँदा नेपाल आउने रेमिट्यान्स बढ्छ । डलरमा पठाएको रेमिट्यान्स नेपालमा साट्दा धेरै पैसा आउँछ, डलरको भाउ महँगो हुँदा डलर साट्दा पाइने नेपाली रकम धेरै हुने हो ।
त्यस्तै डलरको मूल्य महँगो हुँदा नेपालमा प्राप्त हुने वस्तु तथा सेवाहरु पहिलेको भन्दा कम डलरमा पाइन्छ । यसले पर्यटनहरुलाई नेपालमा आकर्षण गर्न मद्दत गर्न सक्छ । जसबाट नेपालले फाईदा लिन सक्छ ।
त्यस्तै डलर महँगो हुँदा नेपालले निर्यातबाट धेरै लाभ लिन सक्छ । नेपालले वस्तु तथा सेवा विदेश निर्यात गर्दा डलर प्राप्त गर्ने र सो डलर महंगो हुँदा नेपालले थप आम्दानी गर्न सक्छ । यसले केही हदसम्म भएपछि ब्यापार घटाउन मद्दत गर्नसक्छ । तर नेपालले निर्यात भन्दा आयात धेरै गर्ने भएकोले डलरको मूल्य महँगो हुँदा आयात महँगो हुन जान्छ । यसले नेपालको वैदेशिक मुद्राको संचितिमा असर पुर्याउन सक्छ ।
साथै डलरको मूल्य बढ्दा नेपालले डलरमा तिर्नु पर्ने सावाँ र ब्याज महँगो हुन्छ । यसले नेपाललाई थप आर्थिक भार पर्छ ।
आज अन्य मुद्राको मूल्य कति ?
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।
युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ८७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।