नेपाल लाइफ इन्स्योरेन्सले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. ४ मा ८७.५३ धुर (१,४८२ बर्ग मीटर) क्षेत्रफल जग्गा खरिद गरेको छ । कम्पनीले होटेल मकालु प्रा. लि. को नाममा रहेको कित्ता नं. २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ को जम्मा ८७.५३ धुर (१,४८२ बर्ग मीटर) क्षेत्रफल जग्गा खरिद गरेको हो ।
जग्गाको मूल्य ३२ करोड र रजिष्ट्रेशन तथा नामसारी सेवा शुल्क बापत थप १ करोड ७७ लाख ५० हजार गरि कुल ३३ करोड ७७ लाख ५० हजारमा जग्गा खरिद गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कम्पनीको व्यावसायिक एवं कार्यालय प्रयोजनका लागि साउन ३२ गते जग्गा खरिद गरिएको हो ।









