हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद टुङ्ग्याउन कम्पनी रजिष्ट्रार कार्यालयको आलटाल

spot_img
spot_img

उच्च अदालतले हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद सुल्झाउनु भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमै मिसिल फर्कादिएको महिनौ हुँदा पनि कम्पनी रजिष्ट्रार कार्यालयले निर्णय गर्न नसकेको पाइएको छ । मुकुन्द तिमल्सिनाले २०८१ माघ २४ गते दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले कानून बमोजिम निर्णय गर्नू भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमा मिसिल फर्काइदिएको करिब ५ महिना हुँदा पनि रजिष्ट्रार कार्यालयले अदालतले भने बमोजिम निर्णय गर्न नसकेको हो ।

यतिसम्म की, कम्पनी रजिष्ट्रारको कार्यालयले पटकपटक म्याद बुझ्नका लागि पत्राचार गरेपनि विपक्षी सुलभ अग्रवालबाट कम्पनी रजिष्ट्रार कार्यालयले कुनै जवाफ पाएको छैन । असोज १४ गते ७ दिनको म्याद राखेर पत्रिकामा सूचना प्रकाशित भएपनि त्यसयता अग्रवाल वा उनका कानून व्यवसायीले पत्र बुझेको वा नबुझेको बारे कम्पनी रजिष्ट्रार कार्यालयले कुनै जानकारी दिएको छैन ।

कम्पनी रजिष्ट्रार कार्यालयले असोज १४ गते दोस्रो पटक सुलभ अग्रवालका नाममा म्याद सूचना जारी गर्दा ‘सो सम्बन्धमा के कसो भएको हो ? सो सम्बन्धमा कुनै आधार र प्रमाण भए यो म्याद सूचना कम्पनी÷तपाई÷तपाईको कानून बमोजिमको प्रतिनिधि वा तपाईको कानून व्यवसायीले बुझिलिएको वा कानून बमोजिम टाँस भएको मितिले बाटोको म्याद बाहेक ७ (सात) दिन भित्रमा लिखित प्रतिक्रिया र कानून बमोजिमको आफ्नो लिखित प्रमाणसमेत लिई आफैँ हाजिर हुन आउनु होला वा कानून बमोजिमको प्रतिनिधि वा कानून व्यवसायी पठाउनु हुनु सूचित गरिएको छ । म्यादभित्र लिखित प्रतिक्रिया लिई आफैँ वा तपाईको कानून बमोजिमको प्रतिनिधि वा कानून व्यवसायीमार्फत उपस्थित हुनु भएन भने कानून बमोजिम निर्णय हुनेछ र पछि त्यस विषयमा तपाईको कुनै उजुर वाजुर लाग्ने छैन’ भनिएको छ ।

आफूले पटकपटक यो ब्यहोराको पत्र पठाउँदा पनि विपक्षी सुलभ अग्रवालबाट कुनै जवाफ नआउँदा समेत कम्पनी रजिष्ट्रार कार्यालयले निर्णय गर्न सकेको छैन । बरु निवेदकलाई समेत फरक फरक मितिको म्याद दिँदै बोलाउने काम गरिरहेको छ ।

हिमालयन रि–इन्स्योरेन्सको सेयर विवादबारे फलोअप गरिरहेको बिजनेश पानाले कम्पनी रजिष्ट्रार कार्यालयमा उच्च अदालतबाट मिसिल फिर्ता भएपछि अहिले यसबारे के भइरहेको छ भन्ने जिज्ञासा राख्दा कार्यालयका सूचना अधिकारीसमेत रहेका उप रजिष्ट्रार निर्माण कुमार कार्कीले यसबारे आफूलाई कुनै जानकारी नरहेको जवाफ दिएका छन् । ‘यस सम्बन्धमा त मलाई केही जानकारी नै भएन, तपाईले म्याडम (रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ)सँगै बुझ्नुपर्ला’ उनले भने ।

यसपछि रजिष्ट्रार श्रेष्ठसँग यसबारे जिज्ञासा राख्नका लागि सम्पर्क गर्दा उनको सचिवालयका व्यक्तिले ‘उहाँ अहिले भित्र कुनै मुद्दाकै विषयमा छलफल गरिरहनु भएको हुँदा व्यस्त हुनुहुन्छ’ भन्ने जानकारी गराए ।

यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयबाटै नियमानुसार यो विषय टुङ्गिने भएपनि तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तत्कालिन रजिष्ट्रार प्रदिपराज अधिकारीलाई यो विषयको मुद्दा खारेज गर्न दबाब दिएका थिए । पूर्वसभामुख दमननाथ ढुङ्गानाको मृत्यु भएपछि सरकारले उनको सम्मानमा सार्वजनिक बिदा दिएको दिन २०८१ मंसिर ३ गते तत्कालिन मन्त्री भण्डारीले कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रारलाई बोलाएर मुद्दा खारेज गर्न निर्देशन दिएको र त्यसबेला विपक्षी सुमी अग्रवालका वकिल पनि साथमै रहेको आरोप लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् नेपाल र भारतबीच हस्ताक्षर भएका आठ वटा समझदारीपत्र

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच...

भारतले २ खर्ब ४० अर्ब विकास सहयोग उपलब्ध गराउने

भारत सरकारले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ...

जालपादेवी केबलकार एक महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक...

महासंघ र भारतीय उद्योग परिसंघबीच बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा सहकार्य गर्ने समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ...

४८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

आज सोमबार सुनको भाउ बढेको छ। आइतबार प्रतितोला २...

नयाँ दिल्लीमा महासंघ अध्यक्ष श्रेष्ठका ७ प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका...